बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालीगण्डकीमा डुवेका १ जनाको शव फेला, एक जना अझै बेपत्ता, बाग्लुङका युवक सकुशल

कालीगण्डकीमा डुवेका १ जनाको शव फेला, एक जना अझै बेपत्ता, बाग्लुङका युवक सकुशल


  • Dhorpatan News
  • जेष्ठ २८ २०८०, आइतबार

नवलपुर/कालीगण्डकी नदीस्थित केलादी घाटमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका २ जनामध्ये एक युवकको शव फेला परेको छ । शनिवार अपरान्ह गर्मी छल्न नुहाउन र पौडी खेल्न गएका चितवन र गैंडाकोटका ३ जनामध्ये २ जना नदीमा बेपत्ता भएका थिए ।

← Back

Thank you for your response. ✨

आईतवार बिहान चितवनको आपटारीबाट खोजतलासका लागि पुगेको गोताखोरको टोलीले रत्ननगर नगरपालिका वडा नं. २ टाँडीका २४ बर्षका सु्रज शर्मा सुवेदीको शव फेला पारेको हो ।
विपत ब्यवस्थापन गणको टोलीले घटनास्थल भनिएको स्थानदेखि १० मिटर टाढाको दूरीबाट शव निकालेको छ । नदीमा हराईरहेका गैंडाकोट नगरपालिका वडा नं. २ शिलान्यास चोकका २५ बर्षका रमेश चालिसेको खोजतलास कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सँगै पौडी खेल्न गएका बाग्लुङ गल्कोट नगरपालिका वडा नं. ८ का २८ बर्षका मुक्तिराम शर्मा भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->