बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दुवईमा सांस्कृतिक कार्यक्रम ‘आउनै पर्छ नाइट–२’ हुने

दुवईमा सांस्कृतिक कार्यक्रम ‘आउनै पर्छ नाइट–२’ हुने


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८०, शनिबार

युएईको शहर दुवई र अबुदाबीमा सांस्कृतिक साँझ ‘आउनै पर्छ नाइट–२’ हुने भएको छ ।

जिरो टु वान इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा नेपाली कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

आगामी जुलाई २९ मा दुबई स्थित याक एण्ड यति क्लबमा र ३० जुलाईमा अबुदावी स्थित मनीलाबे एमिरेट्स प्लाजा होटलमा उक्त कार्यक्र हुन लागेको हो ।

कार्यक्रमका लागि नेपालबाट नितेश जंग कुवर, समृद्धि राई, डिजे नानी, स्थानीय ब्यान्ड काभ्या ब्यान्डको प्रस्तुती रहने कार्यक्रम संयोजक नविन सुनारले जानकारी दिए ।

कार्यक्रमबाट संकलित रकमले दुवईमा फसेका नेपालीको उद्धार कार्यमा खर्च गरिने जिरो टु वानका अध्यक्ष दिपेन सिंह ठकुरीले जानकारी दिए ।

‘यो कार्यक्रमको उदेश्य भनेको दुवईमा फसेका नेपालीको उद्धारमा सहयोग गर्नु हो । त्यतिमात्र होइन् । विदेशमा आएर काम गरिरहेका नेपाली दाजुभाई दिदी बहिनीहरुका लागि मनोरञ्जन दिनुपनि हो ।

हामीलाई यहाँ नेपाली कलाकार देख्दा निकै खुसी लाग्छ’ नविन सुनारले भने । कार्यक्रमको व्यवस्थापन सुजेन्द्र गुरुङले गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->