बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखा नगरपालिकामा इन्धन खर्च मापदण्डभन्दा चार गुणा बढी

गोरखा नगरपालिकामा इन्धन खर्च मापदण्डभन्दा चार गुणा बढी


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८०, आइतबार

गोरखा / गोरखा नगरपालिकाका मेयर र उपमेयरले मापदण्डभन्दा चारगुणा बढी सवारी इन्धन प्रयोग गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा उनीहरुले निर्धारित मापदण्डभन्दा धेरै इन्धन प्रयोग गरेको पाइएको हो ।

गत आर्थिक वर्ष नगर प्रमुख चढ्ने बा १ झ २९० नम्वरको गाडीमा मात्रै ४ हजार २६८ लिटर (६ लाखभन्दा बढीको) डिजेल प्रयोग भएको छ । त्यस्तै उपप्रमुख चढ्ने बा २ झ १६९८ नम्वरको गाडीमा ४ हजार १६७ लिटर (६ लाख बढी मूल्य बराबरको) डिजेल प्रयोग भएको नगरपालिका कार्यालयको अभिलेखमा उल्लेख छ ।

गण्डकी प्रदेश सरकारको ‘गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सुविधा ऐन २०७६’ को दफा ३ मा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधामा नगर प्रमुख र उपप्रमुखले मासिक ९० लिटर इन्धन प्रयोग गर्न पाउने सीमा निर्दिष्ट गरिएको छ । जसअनुसार वार्षिक एकहजार ८० लिटर मात्र प्रयोग गर्न पाइन्छ ।

मापदण्डविपरीत इन्धन खपत हुँदा नगरपालिकाको गत आर्थिक वर्ष अनपेक्षित रुपमा खर्च बढेको छ । इन्धनमा मात्रै गत आवमा ७७ लाख ६३ हजार रकम खर्च भएको लेखा शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->