सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाललाई ३४३ रनको लक्ष्य

नेपाललाई ३४३ रनको लक्ष्य


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८०, बुधबार

एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ । मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै कुल ३४२ रन बनायो ।

पाकिस्तानी कप्तान बाबर आजमले १५१ रनको उत्कृष्ट योगदान दिए । १३१ बलमा १५१ रन बनाउँदै सोमपालको बलमा आउट भए । इफ्तिखार अहमेदले शतकीय इनिङ खेले । उनले ७१ बलमा १०९ रन बनाउदै अविजित रहे ।

नेपालले पहिलो विकेटको रुपमा फखर जमानलाई आउट गरायो । तिब्र गतिका बलर करण केसीले छैटौं ओभरको तेस्रो बलमा जमानलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

फखर जमानले १५ बलमा १९ रन बनाए । लगत्तै सातौं ओभरको पहिलो बलमा सोमपाल कार्मीको बलमा इमाम उल हक रन आउट हुन पुगे । रन लिनेक्रममा उनलाई कप्तान रोहित पौडेलले रन आउट गराए ।

सन्दिप लामिछानेले २४ औ ओभरको चौथो बलमा मोहम्मद रिजवान ५० रनमा आउट गराए । सन्दिप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीबाट रन आउट हुन पुगे ।

उनले ४४ बलमा ६ चौकासहित अर्धशतक प्रहार गरे । सन्दिप लामिछानेले २८ औ ओभरको पाँचौ बलमा सन्दिपले सल्मान आमालाई कुशल भुर्तेलबाट क्याच आउट गराए । सल्मान १४ रनमा आउट भए । सदाब खान ५० औं ओभरको अन्तिम बलमा बोल्डआउट भए । उनले चार रन जोडे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->