शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पिसजोन इन्टिग्रेटेड एकेडेमी ए लाई उपाधि

पिसजोन इन्टिग्रेटेड एकेडेमी ए लाई उपाधि


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८०, मंगलबार

स्याङ्जा/ वालिङमा आयोजित अन्तर विद्यालय बुद्धिचालको उपाधि पिसजोन इन्टिग्रेटेड एकेडेमी ‘ए’ले हात पारेको छ ।
वालिङ नगर बुद्धिचाल संघले वालिङमा जिल्लामै पहिलोपटक दुई दिनसम्म खेलाएको अन्तर विद्यालय स्तरिय बुद्धिचालमा पिसजोन एले १६ टोलीलाई पछाडि पादै उपाधि चुमेको हो ।

दोस्रो स्थान भुपूसैनिक मावि, पिसजोन इन्टिग्रेटेड एकेडेमी बि तृतीय र सान्त्वना स्थान पूर्णामृत भवानी माविले हात पारेको हो ।

प्रतियोगितामा प्रथमले सात, द्वितीयले पाँच तृतीयले चार, र सान्त्वनाले तीन हजारसहित मेडल र प्रमाणत्रप प्राप्त गरेका थिए । कार्यक्रममा १२ वटा विद्यालयका १७ टीमले सहभागिता रहेको आरबिटर राजन पहाडीले जानकारी दिए ।
तीनजना खेलाडी प्रत्येक टीममा रहेको प्रतियोगिता लिग सिस्टम छ राउण्ड खेलाइएको पहाडीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->