सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बिद्यालय स्तरीय फुटबलमा चिल्ड्रेनलाइफ बिजयी

बिद्यालय स्तरीय फुटबलमा चिल्ड्रेनलाइफ बिजयी


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८०, मंगलबार

बागलुङ/बाङगेचउर स्थित फुटबल मैदानमा चार दिनदेखि संचालित बिद्यालय स्तरीय फुटबल चिल्ड्रेन लाइफ आबासीय माबिले जितेको छ ।
जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा चिल्ड्रेनले न्युओएसिस एकेडेमीलाई ३–० गोल अन्तरले पराजित ग¥यो । चिल्ड्रेनका बिसाल थापाले फाइनल खेलमा ह्याट्रिक गरे । खेल जितेसँगै चिल्ड्रेन लाइफले कप, मेडल र २५ हजार नगद पुरस्कार समेत पायो । दोश्रो भएको न्यु ओयसिसले १५ हजारमा चित्त बुझायो । जिल्ला खेलकँुद बिकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले बिजयी टिमलाइ पुरस्कार बितरण गरे ।

चिल्ड्रेनकालागि बिसालले २७, ३२ र ५२ औं मीनेटमा गोल गरेका थिए । न्यु ओएसिसले खेलमा कुनै गोल गर्न सकेन । फाइनल यात्राकालागि चिल्ड्रेन लाइफले आदर्श बिद्यामन्दिरलाई ३–२ गोल अन्तरले हराएको थियो भने न्यु ओएसिसले गरिमा आबासीय माबिलाई ४–३ गोलले पराजित गरेको थियो ।

१४ टिमले भाग लिएको खेल प्रतियोगितामा चिल्ड्रेन लाइफका प्रतिक थापा उत्कृष्ठ खेलाडी घोषित भए । चिल्ड्रेनकै अनिष खड्का वेस्ट किपर र बरदान थापा धेरै गोल गर्ने खेलाडी बने । उनले खेलअबधिभर ४ गोल गरेका थिए । गरिमा आबासिय माबि अनुशासित टिम घोषित भयो भने सोही बिद्यालयका अबसर गौतम बेष्ट डिफेन्डर घोषित भए ।

समितिले खेलाउने अन्डर १९ फुटबल प्रतियोगिताकालागि खेलाडी कम हुँदै गएकोले बिद्यालयको १६ बर्ष मुनीका बालबालिकाबाटै खेलको बिकास गर्न प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->