सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खुल्ला सेभेन ए साइड फुटबल : आज क्वाटरफाइनल

खुल्ला सेभेन ए साइड फुटबल : आज क्वाटरफाइनल


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८०, सोमबार

पोखरा/ पोखरा १३ माछापोखरी खेलमैदानमा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा आज क्वाटरफाइनलका खेलहरु हुने भएका छन् ।
आइतबार प्रिक्वाटरफाइनलका सबै खेल सम्पन्न भएसंगै आज अन्तिम चारका लागि प्रतिस्पर्धा हुनेछन् । । रग्वी खेलाडी यशोदा बोहोरा सहयोगार्थ एट टु नाइन गाइजले आयोजना गरेको प्रतियोगिताबाट आइतबार अन्तिम आठ टोलीको टुंगो लागेको छ ।

आइतबारको पहिलो खेलमा गन्नी एफसीले एनवाईसी एयरपोर्टलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा लामा गाउँले ए–सेभेन ब्रदर्शलाई ३–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धात्मक बनेको तेस्रो खेलमा भुजुङ फुटबल क्लबले नमस्ते फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमै रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको चौथो खेलमा कमलपोखरीले विवाईसी–३३ लाई सडनडेथमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा कमलपोखरीले ४–३ को जित हासिल गरेको हो

पाँचौ खेलमा रामघाट गुम्बाले रन्जन मेमोरियललाई सडनडेथमा ३–२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ गोलको बराबरी भएपछि खेलको टुंगो सडनडेथबाट लागेको हो ।

छैटौं खेलमा बि–१३ ले सडनडेथमा भद्रकाली फुटबल क्लबलाई ५–४ गोलअन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय
१–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथबाट खेलको टुंगो लागेको थियो । अन्तिम खेलमा माछापुच्छे« त्रिशक्ति युनाइटेडले गेमशालालाई २–० गोलले पाखा लगायो ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ६० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई तीन हजार रुपैयाँ र ट्रफी तथा उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई समान २÷२ हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिनेछ । असोज १७ देखी सुरु प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको छ । प्रतियोगिता २३ गते सम्पन्न हुने एट टु नाइनका अध्यक्ष लोक गुरुङले जानकारी दिए ।
(तस्वीर ः योगेन्द्र श्रेष्ठ )

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->