सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्की क्रिकेट क्लब र अरण्यज्योति विजयी

कास्की क्रिकेट क्लब र अरण्यज्योति विजयी


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८०, सोमबार

पोखरा/ महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगरस्तरीय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लव र अरण्यज्योति क्रिकेट क्लव विजयी भएका छन् ।

पहिलो खेलमा कास्कीले राइजिङ क्रिकेट क्लवलाई ७ विकेटले पराजित ग¥यो । टस जितेर व्याटिङ्ग गरेको राइजिङले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४७ रन बनाएको थियो । राजइजिङका अनिल गुरुङले १८ रन जोेडे । कास्की क्रिकेटका बलरहरु नितेश गिरी र आदित्य थापाले समान ३ विकेट लिए । ४७ रनको लक्ष्य कास्कीले १३.२ ओभरमै भेट्टायो । कास्कीका विष्णु सर्माले १९ तथा शाहिल कुँवरले १३ रन बनाए । बलिङतर्फ ३ विकेट लिएका कास्कीका आदित्य थापा म्यान अफ द म्याच भए । उनलाई आयोजक समितिका सदस्य सचिव सुवास खड्काले पुरस्कृत गरे ।

अर्को खेलमा अरण्यज्योतिले पोखरा क्रिकेट क्लबलाई २ विकेटले पराजित ग¥यो । पहिला व्याटिङ गरेको पिसिसीले पूरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । पिसिसीको तर्पmबाट मुस्कान थापाले ६० तथा अर्जुन बुढाथोकीले ३५ रन बनाए । अरण्यज्योतिका बलरहरु इर्साद आलमले ३ तथा सन्तोष सर्माले २ विकेट लिए । अरण्यज्योतिले १७.३ओभरमा ८ विकेट गुमाएर जित हाँसिल ग¥यो । अरण्यज्योतीको व्याटिङमा म्यान अफ द म्याच अषेश न्यौपानेले ५१, दिवस गिरीले २२ तथा सन्तोष सर्माले १७ रन जोडे । पिसिसीका विजय रावतले ह्याट्रिक सहित ३ विकेट लिए । प्रमोद बास्तोलाले २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->