स्याङ्जा/ अर्जुनचौपारि गाउँपालिका २ लामडाडाँमा दिग्दर्शन युवा क्लबले कात्तिक १ गतेबाट पुरुष भलिबल तथा सांंस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
४४ वर्ष पहिला स्थापना भएको क्लबले हरेक वर्षजस्तै नेपालीको महान पर्व दशंै पारेर प्रतियोगिताको आयोजना गरेको हो । युवाहरु नै समाज परिवर्तनका संवाहक हुन् भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै पाँच दिने प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको अध्यक्ष घुमराज गुरुङले जानकारी दिए ।
लामडाँडा होमस्टेस्थित क्लबको खेलमैदानमा हुने प्रतियोगितामा स्याङ्जासहित पर्वत, पाल्पा, कास्कीलगायतका ३० क्लबको सहभागिता जनाउने गुरुङले बताए ।प्रतियोगितामा विजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् भने द्धितीयले ६० हजार, तृतीयले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँ पाउने छन् ।चार लाख ६० हजार खर्च हुने अनुमान गरेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, डिफेन्सर, उत्कृष्ट ब्लकर, स्काइपर र सेटरले पुरस्कार पाउने छन् ।





