सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अबका क्रिकेट प्रतियोगिता नखेल्ने सन्दीपको घोषणा

अबका क्रिकेट प्रतियोगिता नखेल्ने सन्दीपको घोषणा


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८०, शुक्रबार

पोखरा / नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन्।

नाबालिक बलात्कार आरोप लागेका सन्दीपले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन्।

गएराति सामाजिक सञ्जालमार्फत् उनले यस्तो घोषणा गरेका हुन्। ‘मैले भारी मनका साथ आगामी प्रतियोगिताहरूबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ लामिछानेले लेखेका छन्, ‘म यतिबेला मेरो जीवनकै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिहरेको छु।’

उनले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन यस्तो निर्णय गरेको बताएका छन्।

‘अहिलेसम्म पाएका सबै आशिर्वाद र शुभकामनाहरूका लागि  कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद,’ उनले लेखेका छन्।

लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। मुद्दाको पेसी बिहीबारकाे लागि ताेकिए पनि सुनुवाइ हुन सकेन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->