सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पारा एसियाड: दुई खेलमा नेपालीले प्रतिस्पर्धा गर्दै

पारा एसियाड: दुई खेलमा नेपालीले प्रतिस्पर्धा गर्दै


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८०, मंगलबार

पोखरा / चीनको हाङजाओमा जारी चौथो पारा एसियन गेम्समा मंगलबार तेक्वान्दोकी पलेसा गोलद्र्धनले नेपालको चुनौती पेश गर्दैछिन्।

पलेसाले महिला के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनिको तौल समूहमा आफ्नो चुनौती दिनेछिन्। टोकियो पारा ओलम्पिक-२०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी पलेसाबाट एसियाडमा स्वर्ण पदकको आशा गरिएको छ।

हिलो क्वार्टरफाइनल खेलमा पलेशाले चीनकी लिटिङ याङसँग प्रतिस्पर्धा गर्नेछिन्। बाँकी ३ स्पर्धामा भने सोझै वाइ पाएर क्वाटरफाइनल पुगिसकेकी छिन्।

क्वार्टरफाइनलमा जित हात पारे पलेसाले सेमिफाइनलमा काजकिस्तानकी कामिल्या दास्मोलोभासँग भेट हुने मुख्य प्रशिक्षक कविराज नेगी लामाले बताए।

सेमिफाइनल चरण पार गरे पलेसाले चीनकी युजी लि र इरानकी रोजा इब्राहिमीबीचको विजेतासँग फाइनल खेल्नेछिन्।

केहि महिना यता अध्ययनका लागि चीनको सांघाइमा रहेकी पलेसा उतैबाट हाङजाओ पुगेकी थिइन्।

आजै हुने टेबलटेनिस खेलमा नेपालका २ खेलाडीले आफ्नो चुनौती पेश गर्नेछन्। पुरुष सिंगल्समा विवेक राई तथा महिला सिंंगल्समा लाली तामाङले खेल्नेछन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->