शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

एसीसी यू-१९ प्रिमियर कप: उपाधिका लागि नेपाल र यूएई भिड्दै

एसीसी यू-१९ प्रिमियर कप: उपाधिका लागि नेपाल र यूएई भिड्दै


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८०, मंगलबार

पोखरा / मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्। क्वालाम्पुरस्थित वायोमास ओभलमा हुने फाइनल खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

नेपाल समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालले पहिलो सेमिफाइनलमा जापानलाई डिएल मेथडमा १ सय ४४ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

नेपालले समूह चरणको पहिलो खेलमा इरानलाई २ सय ७४ तथा बहराइनलाई ७ विकेट हराएको थियो। समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो।

उता यूएईले भने समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो। यूएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेटले हराउँदा कतारमाथि १० विकेटको फराकिलो जित निकालेको थियो।

सेमिफाइनलमा युएईले सिंगापुरलाई डि एल मेथडमा १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको थियो।

फाइनलमा स्थान बनाएसँगै नेपाल र युएई दुवै टोलीले पाकिस्तानमा हुने यू–१९ एसिया कपमा पनि स्थान पक्का गरिसकेका छन्। प्रिमियर कपको तेस्रो स्थानमा रहेको जापानले पनि एसिया कपमा स्थान बनाइसकेको छ।

तेस्रो स्थानका लागि सोमबार भएको खेलमा जापानले सिंगापुरलाई डीएल मेथडमा १६ रनले हराउँदै एसिया कपमा स्थान पक्का गरेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->