सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

यु-१९ फाइनल: नेपालको युएईलाई २८१ रनको लक्ष्य

यु-१९ फाइनल: नेपालको युएईलाई २८१ रनको लक्ष्य


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८०, मंगलबार

पोखरा / युु–१९ एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई २ सय ८१ रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा जारी प्रतियोगिताको फाइनलमा नेपालले देव खनालको शतकीय इनिङमा विशाल लक्ष्य दिएको हो । बायोमास ओभल स्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २ सय ८० रन बनायो ।

देव खनालले ९२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले । उनको यो यू१९ करिअरको तेस्रो शतक हो । यो शतकसँगै उनी नेपालबाट यू१९ मा सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन् ।

यू१९ मा अर्जुन कुमालले दुई शतक बनाएका छन् । अन्य कुनैपनि नेपाली ब्याटरले यू१९ मा दुई शतक हानेका छैनन् । आजको खेलमा ओपनर अर्जुन कुमाल ७८ बलमा ४ चौकासहित ५५ रनमा आउट भए ।

कमजोर सुरुवात गरेको नेपाललाई अर्जुन र देवले तेस्रो विकेटका लागि १ सय ३२ बलमा १ सय २५ रनको शतकीय साझेदारी गरे । ओपनर दीपक बोहरा ५ र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए ।

दीपक डुम्रे ३० बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भए । पाँचौं विकेटका लागि उत्तम र दीपक डुम्रेल ५८ रनको साझेदारी गरेका थिए ।

विकेटकिपर उत्तम थापामगरले ६७ बलमा ४ चौका र १ छक्कासहित महत्वपूर्ण ५७ रन जोडे । हेमन्त धामी ७ र विशाल विक्रम केसी ३ रनमा आउट भए । दीपेश कँडेल ७ बलमा १ चौकासहित १० रनमा अविजित रहे ।

युएईका तीव्र गतिका बलर हरित शेठ्ठीले ८ ओभरमा ४५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । कप्तान आयन खानले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए। अहिले युुइईले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->