शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सार्वधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता खाल्टेमा

सार्वधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता खाल्टेमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८०, मंगलबार

स्याङ्जा/ कात्तिक २२ गतेबाट २८ गतेसम्म स्याङ्जा जिल्लाको सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता अर्जुन चौपारी गाउँपालिका २ खाल्टेमा हुने भएको छ ।
सुबेदार स्वर्गीय लोकप्रसाद गुरुङ र नायक स्वर्गीय भीमबहादुर रोकाको स्मृतिमा प्रथम स्मृति कप पुरुष भलिबल आयोजना लागेको हो ।

दीपावलीमा हुने प्रतियोगितामा प्रतियोगितामा प्रथमले एक लाख २० हजार, द्धितीयले ७० हजार, तृतीयले ४० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष छबिलाल रोकाले बताए ।

१० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा २० टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । स्याङ्जा जिल्लामा खेलाइएको भलिबलमध्ये यो सबैभन्दा धेरै राशीको प्रतियोगिता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->