सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटनमा हाइअल्टिच्युट तेक्वान्दो सेमिनार हुने

ढोरपाटनमा हाइअल्टिच्युट तेक्वान्दो सेमिनार हुने


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०८०, सोमबार

बागलुङ/ गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनामा प्रथम ढोरपाटन हाइ अल्टिच्युट तेक्वान्दो सेमिनार हुने भएको छ । ढोरपाटन उपत्यकाको ३ हजार मीटर उचाइ र जलजलामा पुगेर मंसिर ८ र ९ गते सेमिनार गर्न लागिएको आयोजकले बताए ।

सोमबार पत्रकार सम्मेलन गरेर आयोजकले उक्त जानकारी दिएको हो । ढोरपाटनमा आन्तरिक तथा बाह्रय पर्यटक भित्राउने काममा साथ दिने र पर्यटकीय प्रर्वद्धन गर्ने लक्षले सेमिनार आयोजना गरिएको संघका सचिव प्रतिक घर्तीले बताए ।

सेमिनारमा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका पदाधिकारी, बिभिन्न जिल्लाका संघका पदाधिकारी, खेलाडीसहित ४ सय जना सहभागि हुने बताइएको छ । महासंघका महासचिव घमबहादुर थापामगरको अध्यक्षतामा सेमिनार मुल आयोजक समिति गठन गरिएको छ ।

सेमिनारका लागि नेपालकै उत्कृष्ठ प्रशिक्षकहरुको सहभागिता हुनेछ । तेक्वान्दोको प्रशिक्षक कसरी बन्ने ? खेलका प्राविधिक बिषयको ज्ञान कसरी राख्ने लगायतका बिषयमा सेमिनारमा छलफल हुने संघका उपाध्यक्ष आकासचन्द्र घर्तीले जानकारी दिए ।

सेमिनारका लागि ८ लाख खर्च हुने अनुमान छ । ढोरपाटन नगरपालिकाले सेमिनारमा ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्दता गरेको र बाँकी खर्चका लागि सहयोगीको खोजी भैरहेको आयोजकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->