सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

केपी ओलि कपः रित र सन्दीपको उत्कृष्ट प्रदर्शनले बागमतीको सहज जीत

केपी ओलि कपः रित र सन्दीपको उत्कृष्ट प्रदर्शनले बागमतीको सहज जीत


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८०, शुक्रबार
प्रतियोगिताको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी ओली शर्मा । तस्वीरः ढोरपाटन

पोखरा / बागमती प्रदेशका ब्याट्सम्या रित गौतम र कप्तान सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा बागमतीले मदन भण्डारी स्पोट्र्स रातोलाई १०९ रनले हराएको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा बिहिबार पोखरा रंगशालास्थित क्रीकेट मैदानमा सुरु भएको केपी ओली कप टि२० क्रीकेटको उद्घाटन खेलमा १८५ रनको लक्ष्य दिएको बागमतीले आयोजक रातोलाई १४.२ ओभरमा अलआउट गर्दै पहिलो जीत हासिल गरेको हो ।

बागमतीसामु आयोजक रातो निरीह रह्यो । आयोजक रातोका लागि कप्तान अमर मिश्र र विजय प्रजापतिले समान १३–१३ को योगदान दिए । निर्मल थापाले १०, सन्तोष यादवले १२ रन बनाए । बागमतीका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सुभाष खत्रीले २.२ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जिसीले २ तथा रिजन ढकालले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रनको बलियो योगफल तयार पारेको थियो । बागमतीका लागि ओपनर रित गौतमले सर्वाधिक ७४ रनको योगदान दिए । एक समय ठूलो सट खेल्ने धुनमा सहज क्याच आउटको मुखमा पुगेका रितले जीवनदान पाएका थिए ।

इनिङको सुरुवातको समयमै जीवनदान पाएका उनले टोलीका लागि सर्वाधिक रन जोडे । उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७४ रन बनाए । उनी १९.६ ओभरमा रन आउट हुन पुगेका थिए । गौरव खड्का १७ रनमा अविजित रहे । उनले १५ बलमा १ छक्का प्रहार गरे ।

शुभ कंसाकारले २२ बलमा ४ चौका, १ छक्कासहित २७ रन बनाए । सन्दीप लामिछानेले ४ बलमा ३ छक्का प्रहार गर्दै १८ रन बनाए । र प्रतीक श्रेष्ठले १४ रनको योगदान दिए । आयोजक रातोका लागि विपर्सन केसीले ३ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । सन्देश थापा र सन्तोष यादवले समान १÷१ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->