शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बडिगाडमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बडिगाडमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु


  • अनिष पाठक
  • मंसिर ११ २०८०, सोमबार

बागलुङ / जिल्लाको बडिगाड गाँउपालिकाले वडा स्तरीय भलिवल टिम निमार्ण गर्ने भएको छ । बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिका भित्रका सबै भलिवल खेलाडीलाई समेट्नेगरी वडा स्तरमा पुरुष तथा महिलाको भलिवल टिम बनाईने बताएकी हुन ।

पछिल्लो समय भलिवल खेलमा युवाको आर्कषण बढ्दै गएको भन्दै अध्यक्ष अधिकारीले पौष महिनाभित्रै पालिका भित्रका सबै वडामा पुरुष तथा महिला खेलाडीहरुको भलिवल टिम बनाईने बताईन् ।

पालिका केन्द्र खारबजारमा आईतवारबाट शुरु भएको पाँचौं राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष अधिकारीले बडिगाड गाँउपालिकाभित्र खेलिने सबै खेलका प्रशिक्षक पालिकाभित्रै उत्पादन गर्ने जानकारी दिईन ।

‘बडिगाड गाँउपालिका भित्र खेलिने धेरै खेलका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक पनि जित्न सफल हुुनुभएको छ’, अध्यक्ष अधिकारीले भनिन्,  ‘उहाँहरुलाई नै हामिले यस पटकको प्रतियोगिता संचालनको जिम्मा पनि दिएका छौ, अब बडिगाडले खेलाडी मात्रै हैन प्रशिक्षक पनि उत्पादन गर्नेछ ।’

पालिका भित्रका १४ माध्यमिक विद्यालयको सहभागिता रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटनको लागि उपयोगि भएपनि यो पटक आर्थिक व्यवस्थापनको कारण केहि खेल घटाउनु परेको अध्यक्ष अधिकारीले सुनाईन ।

मंसिर १२ गते सम्म पालिका केन्द्र खारमा संचालन हुने प्रतियोगिता विवाद रहित तवरले सम्पन्न गर्ने बताउदै अधिकारीले अन्तरपालिका स्तरीय खेल संचालनको लागि पनि बडिगाडले समन्वय र पहल गर्ने बताईन ।

यसैविच,  आईतवार भएको छेलो फाल्ने प्रतियोगितामा छात्रतर्फ भानु मावि प्रथम, त्रिभुवन मावि द्धितिय र खड्गदेवि मावि तृतिय भएका छन । छात्रातर्फ भिमगिठे मावि प्रथम, भानु मावि द्धितिय र किटेनी मावि तृतिय भएका छन ।

१२ विद्यालयको सहभागिता रहेको छात्र भलिवल प्रतियोगितामा दर्लिङ माविलाई पराजित गर्दै बनस्पती मावि अघिल्लो चरणमा प्रवेश गरेको छ । बडिगाड गाँउपालिकामा पालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लगातर चौथौं पटकको शिल्ड बडिगाड गाँउपालिका २ खर्वाङको त्रिभुवन नमुना माविले जितेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->