विषय प्रसंग नेपालको संविधान, मुलुकी फौजदारी संहिता २०७४, विभिन्न ऐन, कानून नियमहरुमा अपहरण वा शरीर बन्धक सम्बन्धी विभिन्न कानूनी प्रावधानहरु कोरिएको होला तापनि यस लेखमा मुलुकी फौजदारी संहिता २०७४ मा अपहरण वा शरीर बन्धक सम्बन्धी कानूनबारे मात्र चर्चा गरिनेछ ।
हाम्रो देशलगायत भारत, चिन, जापान अन्य देशहरुमा यस सम्बन्धी फरक फरक कानून व्यवस्थाहरु रहेका छन् तापनि हाम्रो देशको मुल कानून संविधानबाट सृजित मुलुकी अपराध सहिंता २०७४ को भाग–२ को परिच्छेद–१७ मा अपहरण वा शरीर बन्धक सम्बन्धी विभिन्न कसूरजन्य कार्यहरुलाई अपराधीकरण कसूर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ । उक्त परिच्छेदमा उल्लेखित कसूरजन्य कार्यहरु मध्ये दफा २११, २१२, २१३, २१४, २१५, २१६, २१७ र २१५ मा उल्लेखित कसूर, कसूर गर्ने कसुरदारलाई गर्नुपर्ने कैद र जरिवानाको व्यवस्था गरिएको छ ।
उक्त फौजदारी संहितामा अपहरण तथा शरीर बन्धक कसुर भनेको के हो ? भनि खोतल्दा कसैले कुनै व्यक्तिलाई अपहरण गर्न वा गराउन हुँदैन यदि कसैले कुनै व्यक्तिलाई बल प्रयोग गरी, धम्की दिई, छलकपट गरी, डरत्रास र जोर जुलुम गरी, हातहतियार देखाई, नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई यात्रा गरिरहेको सवारी साधन कब्जा गरी वा नियन्त्रण लिई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा अपहरण गरेको मानिन्छ भनि उल्लेख छ ।
कसैको मन्जुरी बिना, बालबालिका वा शारीरिक अपाङ्ग भएको अरुको आश्रयमा रहे, बसेको मानसिक रोगको कारण होस नरहेको व्यक्तिलाई निजको संरक्षक वा बाबा, आमाको मञ्जुरी बिना जबरजस्ती कुनै ठाउँमा लगेमा पनि अपहरण गरेको मानिने रहेछ ।
त्यस्तै कसैले कसैको शरीर बन्धक लिन हुँदैन यदि कुनै व्यक्तिलाई निजको मन्जुरी बिना वा बालबालिका र होस ठेगान नभएको व्यक्ति भए निजको संरक्षक बाबुआमाको मन्जुरी बिना बल प्रयोग वा हात हतियारको आडमा छलकपट, नसालु पदार्थ वा मादक पदार्थ खुवाई यातायात साधन कब्जा गरी नियन्त्रण राखेमा समेत शरीर बन्धक लिएको मानिन्छ भने मानसिक रूपमा अशक्त व्यक्तिलाई निजको संरक्षक वा निजको बाबु आमाको मन्जुरी नलिई निजको हितको लागि उपचार, निगरानी र नियन्त्रणमा राखिएको अवस्थामा शरीर बन्धक लिएको मानिने छैन ।
माथि उल्लेख भए अनुसार अपहरण वा शरीर बन्धक भनेको के हो ? भन्ने कुरा स्पष्ट रुपमा बुझिन्छ । अब उक्त अपराध गरेमा के कस्तो सजाय हुने रहेछ त्यसतर्फ पनि हेरौः यदि कहीँ कसैले कानुन विपरीत कसैको शरीर बन्धक वा अपहरण गरेमा हुने सजायहरुः कसैले कसैको ज्यान लिने, कुटपिट गरी चोट पुर्याउने, जबरजस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, मानिस बिक्री गर्न वा दास बनाउने वा इच्छाविरुद्ध जबरजस्ती काममा लगाउने, वेश्यावृत्तिमा लगाउने, यातना दिन कुनै कार्य गर्न गराउन बाध्य बनाउने, मुक्ति रकम लिनेका वा अन्य कसुर हुने अन्य कुनै काम लगाउने उद्देश्यले अपहरण वा शरीर बन्धक लिएमा ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र अन्य उद्देश्यले गराएमा ३ देखि ५ वर्षसम्म कैद र ३० हजारदेखि ५० हजारसम्म जरिवाना समेत हुन्छ ।
अपहरण वा शरीर बन्धकमा अझ थप सजाय समेत हुनेछ । जस्तैः अपहरण गरी शरीर बन्धक लिनेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र १ लाखदेखि १ लाख ५० हजारसम्म जरिवाना हुनेछ । त्यस्तै अपहरण र शरीर बन्धक लिई सकेपछि कानुन बमोजिम कसूर मानिने अन्य कसुर गरेको रहेछ भने त्यसमा अझ थप सजाय हुनेछ भने अपहरण र शरीर बन्धकको कसुर संगठित रुपमा कसैले गरे गराएको रहेछ भने सो कसूरमा थप दुई वर्ष कैद सजाय हुनेछ ।
कसैले कसैलाई अपहरण वा शरीर बन्धक राख्न, कसुर गर्न दुरुत्सान, आदेश दिने हुँदैन । यदि कसूर भएमा मुख्य व्यक्ति कसुरदारलाई भए सरहको सजायसमेत हुनेछ । कसैले अपहरण वा शरीर बन्धकको कसुर गरी सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गरी अन्य कसुर गर्ने वा कसुरदार गिरोहलाई समात्न पक्रन सहयोग गरेमा अदालतले निजलाई कम सजाय गर्न सक्नेछ ।
क्षतिपूर्तिको हकमा ः अपहरण वा शरीर बन्धक लिएको कानून बमोजिम ठहरेमा जसले अपहरण वा शरीर बन्धक लिएको हो सो पीडकबाट पीडितले उचित क्षतिपूर्ति समेत भराई लिन पाउने छ । यदि पीडित व्यक्तिको मृत्यु भएमा निजको नजिकको हकदारले क्षतिपूर्ति भराई लिन पाउने कानुनी व्यवस्थासमेत रहेको छ ।
त्यस्तै उजुर गर्ने हदम्यादको सम्बन्धमा ः शरीर बन्धक लिई कसैको ज्यान लिएमा जहिलेसुकै उजुर गर्न पाउनेछ, भने अन्य कसुर भए गरेमा भए गरेको मितिले दुई वर्ष उजुर गर्नुपर्ने छ । र, अपहरण वा शरीर बन्धक लिएको कसुरमा भने पीडित कसुरबाट मुक्त भएको मितिले ६ महिनाभित्र उजुर गर्नुपर्ने छ नत्र उजुर नलाग्ने कानुनी व्यवस्था रहेको छ ।
अभिलेख अदालत सर्वोच्च अदालतबाट यस सम्बन्धमा समय समयमा विभिन्न नजिर प्रतिपादन भएको छ । जसमध्ये केही नजिरहरु हेरौ, नेपाल कानून पत्रिका निर्णय नं. ९८८९ अपहरण तथा शरीर बन्धक भाग ०५९ साल २०७४ महिना माघ अंक १० फैसला मिति २०७४।५।०४ सर्वोच्च अदालत, संयुक्त इजलासबाट फैसला भएको छ ।
मुलुकमा कानुन तथा व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न, विभिन्न धार्मिक तथा सांस्कृतिक समुदाय बीचको सुसम्बन्ध तथा शान्ति कायम गर्न, फौजदारी कसूर निवारण र नियन्त्रण गर्न र तत्सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गरी समयानुकूल फौजदारी कसूर सम्बन्धी संहिताको व्यवस्था गर्न बनेको ऐन हो । अपहरण तथा शरीर बन्धक लिने अपराध संगठित तवरले हुने गरकोले त्यस्तो अपराधमा प्राय ः एकभन्दा बढी व्यक्तिको संलग्नता रहेको हुन्छ । यस्ता प्रकृतिको अपराधमा विभिन्न व्यक्तिहरूको विभिन्न भूमिका हुन सक्ने र मुख्य वारदात घटाउने स्थलमा वास्तविक रूपमा वारदातमा संलग्न व्यक्तिहरू भन्दा कम संख्यामा व्यक्तिहरू उपस्थित भई वारदात घटाएको हुने । तर यस्तो वारदात घटनास्थलमा नदेखिने व्यक्तिहरूको भूमिका गौण वा सहायक नहुने । निजहरूको भूमिका वारदात स्थलमा देखिने व्यक्तिहरूको जत्तिकै वा अझै महत्वपूर्ण हुने ।
अपहरण सम्बन्धी अपराध मानवता विरूद्धको अपराध भएको र त्यस प्रकृतिको अपराधमा संलग्न व्यक्तिहरूको पृथक पृथक भूमिका रहने हुँदा वारदात स्थलबाट पक्राउ नपर्दैमा कसुरमा संलग्न रहेको छैन भनी निष्कर्षमा पुग्न नमिल्ने । अपहरित नाबालकलाई उद्धार गर्ने क्रममा भएको गोली हानाहानबाट दुई जनाको मृत्यु भई नाबालकको उद्धार गरी ल्याइएको तथ्य प्रहरी कर्मचारीहरूको बकपत्रबाट समर्थित भइरहेकोमा जाहेरवाला र पीडितको बकपत्र नहुँदैमा कसुर नै स्थापित नभएको भन्न नमिल्ने ।
त्यस्तै निर्णय नं. १०५३६– मानव अपहरण तथा शरीर बन्धक भाग ः ६२ साल ः २०७७ महिना ः कार्तिक अंक ः ७ फैसला मिति ः २०७६/११/०७ सर्वोच अदालत, संयुक्त इजलास प्रहरीले सवारी साधन नियन्त्रणमा लिई हतियारसहित अपहरणको कार्य सम्पन्न गर्न उद्वत रहेका खतरनाक प्रतिवादीहरूलाई तत्काल लभगतचबष्शिभ गरी अपहरणको कार्य सम्पन्न हुन नसकेको अवस्थामा अपराध पूर्ण भई अपहरण भई सकेको मान्न नमिल्ने । (प्रकरण नं. १०) अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग हुनमा अभियुक्तको त्यस्तो कार्य गर्ने मनसाय यथेष्ठ रूपमा प्रमाणित हुनु पर्दछ । अपहरण गर्ने कार्यको तयारी पूरा भएको हुनु पर्दछ । अपहरण तथा शरीर बन्धक लिन त्यस्तो तयारी प्रर्दशन भई पीडितलाई नियन्त्रण वा कब्जामा लिने प्रयत्न भएको वा नियन्त्रण वा कब्जामा लिई उक्त कार्य पूरा गर्ने क्रममा कुनै भहतचबलभयगक ाबअतयच को हस्तक्षेप भएको वा अभियुक्त त्यस्तो कार्य गर्न मबलनभचयगक उचयहष्mष्तथ तय तजभ भलम यच कगअअभकक को नजिक पुगी असफल भएको हुनु पर्ने । उद्योग सम्बन्धी अपराधमा सजायको उद्देश्य अपराधीलाई मात्र दुरूत्साहन गर्ने नभई खतरनाक पूर्व गरिने अपराधिक कार्यलाई पनि दुरूत्साहन गर्नु भएकाले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ५ नं. को ‘कसूर गरी नसकेको’ र मुलुकी अपराध संहिता, २०७४ को दफा ३४(१) को ‘कसूर गर्ने’ मनसायसहित पीडितलाई नियन्त्रण वा कब्जामा लिई भहतचबलभयगक ाबअतयच को रूपमा तत्कालै प्रहरीले हस्तक्षेप गरी पीडितलाई छुटाई अपहरणको कार्य पूर्ण हुन नसकेको अवस्थामा कसूरहरू मबलनभचयगक उचयहष्mष्तथ तय तजभ भलम यच कगअअभकक को अवस्थामा मात्र पुगे तर कसूर गरी नसकेको अवस्था मान्नु भनी व्याख्या भएको छ ।
लेखक श्रेष्ठ अधिवक्ता हुन् ।




