सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोट र ताराखोला भलिबलको फाइनलमा

गलकोट र ताराखोला भलिबलको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८०, शुक्रबार

बागलुङ/ सातौं बागलुङ महोत्सवमा आयोजित खुला पुरुष भलिबलको फाइनलमा गलकोट र ताराखोला भिड्ने भएका छन् । बिहिबार भएको सेमीफाइनल खेलमा गलकोट नगरपालिकाले ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिकाले होटल माउन्टेन भ्यूलाई पराजित गरेर फाइनल यात्रा तय गरेका हुन् ।

जिल्लाकै सशक्त मानिएको गलकोटलाई ढोरपाटनले दवाव दिएको थियो । धौलागिरि बहुमुखी क्याम्पसको मैदानमा उपस्थित सयौं दर्शकको ताली र हुटिङका बीच गलकोटले ढोरपाटनलाई पराजित गरेर छाड्यो । दबावका बीच पहिलो खेलमै ढोरपाटनसँग पराजित भएपछि गलकोटको पक्षधरहरु स्तब्ध भएका थिए ।

पहिलो खेलमा ढोरपाटनले गलकोटलाई २३–२५ अंकले पराजित गरेको थियो । त्यसपछि आक्रामक खेल प्रर्दशन गर्न थालेको गलकोटले दुई खेल लगातार जित्यो । २५–१९ र २५–२० अंकमा गलकोटले जित हात पारेपनि बेष्ट ५ खेलमा त्यो जितका लागि पर्याप्त भएन । चौथो खेल पुन ढोरपाटनले जित्यो । ढोरपाटनले २५–१५ को अंकमा जितलाई बराबरी बनाएपछि पाँचौ खेल जित्नै पर्ने दबावमा परेको गलकोटले अन्तिम खेलमा १५–१२ अंकले जित निकालेको हो ।

बिहिबारै भएको पहिलो खेलमा भने ताराखोला गाउँपालिकाले होटल माउन्टेन भ्यूलाई पराजित गरेर फाइनल पुगेको थियो । ताराखोलाले २५–२१, २५–१७, २०–२५, २९–३१ र १५–१० को अंकले जित निकालेको हो । ताराखोलाले बागलुङकै निसीखोला गाउँपालिकालाई २७–२५, १९–२५,२५–२३ र २५–२१ को अंकले पराजित गरेर सेमीफाइनल यात्रा गरेको थियो ।

ढोरपाटन नगरपालिकलो बागलुङ नगरपालिकाको तित्याङ खेलकुद समितिलाई २५–२०, २८–२६ र २५–२१ अंकले पराजित गर्दै सेमीफाइनलमा गलकोटसँग भिड्न पुगेको थियो । शुक्रबार तेस्रो स्थानका लागि ढोरपाटन नगरपालिका र होटल माउन्टेन भ्यू भीड्ने भलिबल खेल संयोजक किशोर छन्त्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->