सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

१२ औं जिल्ला स्तरीय राष्ट्रपति खेलकुँद शुरु

१२ औं जिल्ला स्तरीय राष्ट्रपति खेलकुँद शुरु


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८०, शनिबार

बागलुङ/जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बागलुङ नरपालिका १ को बाङगेचउरमा खेलको उद्घाटन गरे । उनले उक्त अबसरमा बालबालिकाको क्षमता बिकास गर्न खेल क्षेत्रको महत्वपूर्ण योगदान हुने बताए ।

छोटो उद्घाटन कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले खेल क्षेत्र उपेक्षामा परेको बताइन् । उनले पालिका तहमा सक्दो प्रयास गरेपनि सबैको साथ र सहयोग भएमा खेलको बिकास गर्न सकिने बताइन् ।

जिल्ला खेलकुँद बिकास समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका दशवटै पालिकाका बिद्यार्थीहरु सहभागि छन् । दुइ दिन सम्म चल्ने खेलमा ६ बिधाका विभिन्न खेल हुनेछन् । उनीहरुले ६६ वटा इभेन्टमा २ सय ३४ पदककालागि प्रतिष्पर्धा गर्ने अध्यक्ष कुमार खड्काले बताए ।

यस अघि नगरपालिका तथा गाउँपालिका स्तरीय खेलकुँद प्रतियोगिता सम्पन्न भएर जिल्ला स्तरीयकालागि खेलाडी छनौट भैसकेका छन् । पुसको २२ गतेदेखि संचालन गर्ने भनिएकोमा परीक्षा संचालन भएकोले खेल पछि सारिएको थियो । खेलमा ६६ स्वर्ण, ६६ रजत र १ सय २ वटा कास्यपदक बितरण हुनेछन् ।

पहिलो दिनको खेलमा छात्र भलिबलका चार खेल सम्पन्न भएका छन् । ती खेल मध्ये पहिलो खेलमा ढोरपाटन नगरपालिकालाई सोझो सेटमा हराएर ताराखोला गाउँपालिका बिजयी भएको छ । दोश्रो खेलमा निसी खोलाले बागलुङ नगरपालिका, तेस्रो खेलमा बडिगाडलाई हराएर काठेखोला दोश्रो चरणमा प्रवेश गरेका छन् ।

त्यस्तै शुक्रवार भएको १ हजार ५ सय मीटर दौड प्रतियोगिता सम्पन्न भएका छन् । छात्र तर्फ काठेखोलाका बादल कार्कीले निर्धारित दुरी ४ मीनेट ४० सेकेण्डमा पार गरेर प्रथम भएका छन् । उनले स्वर्ण पदक पाए । खेलमा बडिगाड गाउँपालिकाका मनिष पुनले रजत र बागलुङ नगरपालिकका रबि बिकले कास्य पदक पाए ।

छात्रा तर्फको १ हजार ५ सय मीटर दौडमा निसीखोलाकी शर्मिला बिकले ५ मीनेट ३३ सेकेण्डमा निर्धारित दुरी पार गरेर प्रथम भइन् । उनले स्वर्ण पदक हात पारिन् । ताराखोलाकी मनिषा घर्तीले रजत र बागलुङ नगरपालिकाकी मनिषा दर्जीले कास्य पदक पाइन् । शनिवारै कबड्डी, छात्रा भलिबल लगायतका खेल पनि शुरु भएका छन् । त्यस अघि दशवटै पालिकाका खेलाडी बिद्यार्थीले मार्चपास गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->