सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दोश्रो बागलुङ ‘अर्ना जेसीज कप’ हुने

दोश्रो बागलुङ ‘अर्ना जेसीज कप’ हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०८०, बिहिबार

बागलुङ/बागलुङ ‘अर्ना जेसीज कप’को दोश्रो संस्करण हुने भएको छ । फागुन २७ गतेदेखि चैत २ गते सम्मका लागि बानपा–१ स्थित बाङगेचउर खेल मैदानमा प्रतियोगिता हुने बागलुङ जेसीज बर्ष २०२४ का अध्यक्ष गणेश महतोले जानकारी दिए ।
गतबर्षदेखि जेसीजले साबिकको धौलागिरि अञ्चलका क्लब तथा बिभागीय टिमबीच ‘जेसीज कप’ आयोजना गर्दै आएको छ । जेसीज कप जित्नेले १ लाख ५५ हजार ५ सय ५५ र दोश्रो हुनेले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद, ट्रफी र मेडल पुरस्कार पाउने छन् ।
गतबर्षको जेसीज कप नेपाली सेनाको श्रीमेहर गणले जितेको थियो । बिहिबार जेसीजले पत्रकार सम्मेलन गरी फागुनको २७ गतेदेखि खेल शुरु हुने जनाएको हो । खेलमा १५ टिम दर्ता भैसकेका र केही सम्पर्क गरेको महतोले जानकारी दिए ।
कुल १० लाख अनुमान गरिएको खर्चका लागि जेसीजका पूर्वअध्यक्ष, सदस्य र विभिन्न चन्दादाताको खोजी गरिएको महतोले जानकारी दिए । खेलमा दुइ जनासम्म बिदेशी खेलाडी खेलाउन पाउने गरी व्यवस्था गरिएको छ ।
बागलुङ जेसीजका अध्यक्ष गणेश महतोको अध्यक्षता, महासचिव ताराप्रसाद शर्माको संचालन र कार्यकारी उपाध्यक्ष प्रेमप्रसाद ढकालको स्वागत तथा सोनी कार्कीले जेसीज आस्था पाठ गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङकी सहसचिव सिर्जना पन्तले शुभकामना दिएकी थिइन् । उद्घाटन शत्र २६ गते गरेर जेसीजले ट्रफी र टाइसिट सार्वजनिक गर्ने समेत बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->