बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तस्बिरमा हेर्नुस् उपल्लाचौर–नागलीवाङ जोड्ने झोलुङ्गे पुलको सेरोफेरो

तस्बिरमा हेर्नुस् उपल्लाचौर–नागलीवाङ जोड्ने झोलुङ्गे पुलको सेरोफेरो


  • रामकृष्ण बोहरा
  • फाल्गुन २६ २०८०, शनिबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नागलीवाङको ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको पुल संचालन आएको छ । ५ सय २३ मिटर लामो झोलुंगे पुल निर्माण सकिएपछि घुम्न जाने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।
७ करोड लागतमा झोलुंगे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि पर्यटन प्रर्वद्वनसंगै आउजाउमा सहज हुनेछ भने नागलीवाङमा उत्पादित तरकारीको बजारीकरणमा पनि सहज हुने अपेक्षा गरिएको छ । लामा र अग्ला झोलुंगे पुलको जिल्लाको उपमा पाएको बागलुङमा यसअघि बागलुङ र पर्वत पाङको अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमाथि ५ सय ६७ मिटर लामो गण्डकी गोल्डेन ब्रिज निर्माण भइसकेको छ । उपल्लाचौर–नागलीवाङ जोड्ने झोलुङ्गे पुल संचालनमा आएपछि नागलीवाङतर्फ पर्यटकका लागि आवश्यक पसलहरु संचालनमा आइसकेका छन् । फुर्सद र शनिबार बिदाको दिनलाई परिवारसंगै छाटो यात्राका लागि नागलीवाङसम्म हाइकिङ गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->