बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तस्बिरमा हेर्नुस् ‘पाले वन’को भीषण आगलागी

तस्बिरमा हेर्नुस् ‘पाले वन’को भीषण आगलागी


  • रामकृष्ण बोहरा
  • चैत्र २७ २०८०, मंगलबार

गर्मी याम बढेसंगै बागलुङका वनहरुमा आगलागीका घटनाहरु बढेका छन् । बागलुङको नाराखोला गाउँपालिकाको वडा नं. २ सिलेको गुराँसे वनबाट शुरु भएको आगलागी फैलिएर सिलबारेको वनसम्म फैलिएको छ । आगो नियन्त्रणको लागि घोडाबाँधेस्थित नेपाली सेनाको टोलीको नेतृत्वमा नेपाल प्रहरी जनप्रतिनिधि र स्थानीयबासीको सक्रियतामा अहिले आगो नियन्त्रणका लागि ‘अग्नीरेखा’ कोर्ने काम चलिरहेको छ ।
यता मंगलबारदेखि बागलुङ नगरपालिकाको वडा नं. ९ तित्याङको ‘पालेको वन’मा भीषण आगलागी भएको छ । डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीका अनुसार, बागलुङ नगरपालिका वडा नं. ३ र ९ को बीचमा पर्ने काठेखोला आसपासका वन क्षेत्रबाट डढेलो लाग्न शुरु भएको हो । प्रहरी र स्थानीय सर्वसाधारणसँगै वनका कर्मचारीले नियन्त्रणको प्रयास गरेपनि आगलागी तीव्र गतिमा फैलिएको छ । आगो फैलिने क्रम नरोकिँदा भकुण्डेका कपासे, कुपिन्ने र रिवादीका केही घर जोखिममा पर्न सक्ने स्थानीयको भनाई छ ।

oppo_1026

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->