शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

सिद्ध र कालिका उपाधिका लागि भिड्ने

सिद्ध र कालिका उपाधिका लागि भिड्ने


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८१, शुक्रबार

पोखरा/सिद्ध र कालिका मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधीका लागि आमने सामने हुने भएका छन् ।
बिहीबार भएको सेमिफाइनल खेलमा सिद्धले अम्मरसिंह माविमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै उपाधिका लागि कालिकासंगको भेट पक्का गरेको हो । कालिका भने यसअघि नै ४ अंकका साथ नेट रनरेटका आधारमा फाइनल पुगिसकेको थियो ।
पहिला व्याटिङ गरेको अम्मरसिंहले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो ।
जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको सिद्धले अन्तिम ३ बल बाँकि रहँदा लक्ष्य प्राप्त गरेको थियो । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने संयोजनकर्ता समितिका उपाध्यक्ष गोविन्द प्रधानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->