सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरा ७ मा वृहत दौड प्रतियोगिता

पोखरा ७ मा वृहत दौड प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८१, शनिबार

पोखरा/पोखरा महानगरपालिका ७ स्तरीय वृहत दौड प्रतियोगिता सम्पन्न भएको छ । ५ किलोमिटरको दूरीको सो दौडअन्तर्गत २३ वर्ष मुनिको छात्र दौडमा रितिक ढकाल, समिर मर्हजन, विश्वास गदाल, अमृत खड्काले क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गरे । सोही विधाको छात्रातर्फ स्मृति विसी, समृद्धि श्रेष्ठ, सुशीला गुरुङ र आशा विकले पुरस्कार प्राप्त गरे ।
खुल्ला पुरुषतर्फ सुरज पौडेल प्रथम, किशोर बराल द्वितीय, कविराज बराल तृतिय र नारायण त्रिपाठी सन्तवना हुँदा खुल्ला महिलातर्फ हरि कुमारी श्रेष्ठ, विमला केसी, सृजना कार्की र लक्ष्मी बरालले पुरस्कार प्राप्त गरे ।
५० वर्ष माथिको पुरुषतर्फ नारायण श्रेष्ठ प्रथम, उमनाथ बराल द्वितीय, प्रेमबहादुर जिटी तृतीय र भक्तबहादुर गुरुङले सान्तवना स्थान हासिल गरे । सोही विधाको महिलातर्फ गीताकुमारी पौडेल, अम्बिका बराल, निली गुरुङ र राममाया जिसी क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा आए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->