सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

महेन्द्रपुल युथ क्लबले यु २३ बास्केटबल गर्ने

महेन्द्रपुल युथ क्लबले यु २३ बास्केटबल गर्ने


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८१, सोमबार

पोखरा/पोखरा ९ महेन्द्रपुल युथ क्लबले बैशाख अन्तिम साता यु २३ बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बैशाख २८ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले २५ हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि पोखरा महानगरपालिका वडा नं. ९ ले प्रायोजन गर्ने क्लबका अध्यक्ष आनन्दकुमार तझ्याकाजीले जानकारी दिए ।
उनका अनुसार क्लबको इतिहास निकै पुरानो रहे पनि बीचमा विभिन्न कारणले निष्कृय रहँदै आएको बताए । २०३४ सालमा विशेषगरी खेलकुदमै अघिबढ्ने उदेश्यका साथ स्थापना भएको क्लबले विधिवत् रुपमा भने २०६३ सालमा दर्ता गराएको अध्यक्ष आनन्दले बताए ।
महेन्द्रपुल क्लबको इतिहास निकै गर्विलो रहेको छ । २०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितादेखि २०४० सालमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासम्म निरन्तर सहभागी सँगै खेल सामग्रीहरु समेत सहयोग गरेको थियो ।
‘२०३८ सालमा काठमाडौंमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा यस क्लबका अधिकांश खेलाडी सहभागी भएका थिए । त्यो क्रम लगातार तेस्रो संस्करणसम्म चल्यो’ अध्यक्ष आनन्दले भने, ‘त्यो समयमा पोखरामा क्लबहरुको स्थापना भइसकेको थिएन । महेन्द्रपुल युथ क्लबको नाम भएको टिसर्ट लगाउने सबैको चाहना हुन्थ्यो । तर, विस्तारै क्लब निष्कृय हुँदै गयो र अहिले पुनः ब्यूँताएका छौं ।’
प्रतियोगिता संयोजक सेजोल जोजिजुले युथ क्लब भएकाले ग्रासरुट स्तरबाट जानका लागि पहिलो प्रतियोगिता नै उमेर समूहको गराएको जानकारी दिए । उनले प्रतियोगिता खुल्ला भएकाले २३ वर्षसम्मका जो कोही खेलाडी पनि सहभागिता हुने उनले बताए । प्रतियोगिता फाइभ वाई फाइभमा खेलाइनेछ । वैशाख २८ देखि ३० गतेसम्म हुने प्रतियोगितामा २० देखि २५ टिमको सहभागिता रहने अनुमान गरिएको छ भने टिम दर्ता २७ गते दिउँसो सम्मका लागि राखिएको संयोजक जोजिजुले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->