सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वडास्तरीय बुद्धिचाल प्रतियोगिता

वडास्तरीय बुद्धिचाल प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०८१, सोमबार

पोखरा/पोखरा महानगरपालिका ६, बैदामको शनिबार सम्पन्न प्रथम वडास्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराज अधिकारीले जितेका छन । उनले ४.५ अंक प्राप्त गरी प्रथम भएका उनले पुरस्कारस्वरुप नगद सात हजार पाँच सय रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल हात पारे ।
कुल ५२ जना प्रतिस्पर्धी खेलाडीहरु सहभागी रहेको प्रतियोगितामा ‘ल अफ फिडेको’ अन्तराष्ट्रिय नियम अनुसार खेल खेलाइको थियो । बेष्ट अफ फाइफको आधारमा गरिको, प्रतियोगितामा उत्तम पहारी, किरण रञ्जित, सुनिलबहादुर कोइराला र सुक प्रधानले चिफ आर्विटरको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा ४.५ अंक ल्याइ धमेन्द्र गिरि दोस्रो र ४ अंक ल्याइ सुनिल श्रेष्ठ तेस्रो भएका थिए । क्रमश उनीहरुले क्रमशः पाँच हजार २५०, ३ हजार ७५० रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
१५ मुनिकातर्फको प्रतियोगितामा किस्मत जिसी प्रथम, लक्ष्य शाक्य दोस्रो र उज्जवल पहारी तेस्रो भए । छात्रातर्फ सविना पोखरेल प्रथम र सुभेच्छा शाक्य दोस्रो र रस्मिता गुरुङ तेस्रो हुन सफल भएका थिए ।
ताल बाराही भूतपूर्व विद्यार्थी एशोसियसन पोखरा ६ बैदामको आयोजना, पोखरा महानगरपालिका ६ को आर्थिक र कास्की जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा प्रथम वडास्तरीय बुद्धिचाल प्रतियोगिता २०८१ सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई रहेका थिए । विद्यार्थी एसोशियसनका कार्यबाहक अध्यक्ष खिमलाल पहारीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा तालबाराही माविका प्राचार्य कृष्णप्रसाद न्यौपाने,कार्यक्रम संयोजक तथा बुद्धिचाल संघका केन्द्रीय सदस्य महेश्वर अधिकारी,सहसचिव ज्ञानेन्द्रराज कोइराला, सदस्य गणेशराज पहारीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->