पोखरा/पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ कोसोमबार औपचारिक उद्घाटन भएको छ । विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले रेफ्रीलाई बल हस्तारण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् ।
उद्घाटनका दिन प्रिक्वाटरफानलका ८ खेलहरू सम्पन्न भएको विद्यालयका प्राचार्य इन्द्र श्रेष्ठले जानकारी दिएका छन् । पहिलो खेलमा नेपाल आदर्शले वाक ओभर दिएपछि कालिका मावि स्वतः विजयी भयो ।
यस्तै दोस्रो खेलमा पोखरा पब्लिकलाई ३–२ को पेनाल्टी सुट आउटमा पराजित गर्दै ढुङ्गेसाँघु मावि क्वाटरफानलमा प्रवेश गरेको छ । तेस्रो खेलमा न्यू लेखनाथ एकेडेमीले शिशुनिकेतनलाई ६–१ ले पराजित ग¥यो भने चौँथो खेलमा शान्तिनिकुञ्जले बालोदयलाई २–१ गोल अन्तरले पाखा लगायो ।
पाँचौँ खेलमा लिटिल फ्लावरले नेसनल इन्भेन्टिभलाई ८–७ को पेनाल्टी सुट आउटमा बाहिर पठाउँदा भद्रकाली माविले एलपी देवकोटालाई १–० ले पराजित ग¥यो । यस्तै सातौँ खेलमा रेन्बो एकेडेमीले २–१ गोलको नतिजा निकाल्दै वेलनन एकेडेमीलाई पराजित ग¥यो भने अन्तिम खेलमा पेनाल्टी सुट आउटको २–१ गोल नतिजामा मदरल्यान्डले फिस्टेल एकेडेमीलाई पराजित ग¥यो । मंगलबार क्वाटरफाइनलका खेल हुनेछन् ।





