सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वाईवाई यु–१९ क्रिकेट जारी

वाईवाई यु–१९ क्रिकेट जारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८१, शुक्रबार

पोखरा/टिम विन्ध्यवासिनी पोखरामा जारी यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनोट प्रतियोगिता २०८१ मा अपराजित रहदा टिम भद्रकालीले पहिलो जित हात पारेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन बिहीबार सम्पन्न पहिलो खेलमा भद्रकालीले बाराहीलाई ६१ र दोस्रो खेलमा विन्ध्यवासिनीले अकलालाई ३० रनले पराजित गरेका थिए । यस अघि विन्ध्यवासिनीले उद्घाटन खेलमा भद्रकालीलाई नौ विकेटले पराजित गदै प्रतियोगितामा सुखद सुरुवात गदै आफनो अपराजित यात्रा जारी राख्दा अकलाले भने लगातार दोस्रो हार व्योरेको छ । प्रतियोगितामा भद्रकाली र बाराहीले भने समान एक एक खेलमा जित हात पारेका छन् ।
पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले २० ओभर खेल्दै नौ विकेट गुमाएर एक सय ६५ रन जोडेको थियो । एक सय ६६ रनको लक्ष्य पछ्याउदै जवाफि ब्याटिङका लागि मैदान उत्रेको बाराही १८.३ ओभरमा अल आउट हँुदै जम्मा एक सय चार रनमा समेटिन पुगेको थियो ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको विन्ध्यवासिनीले २० ओभर खेल्दै पाँच विकेट गुमाएर दुई सय दुई रन जोडेको थियो भने प्रतिउत्तरमा दुई सय तीन रनको लक्ष्य पछ्याउदै ब्याटिङका लागि मैदान उत्रेको अकला २३.२ ओभर खेल्दै १० विकेट गुमाएर एक सय ७२ रनमा समेटिन पुगेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->