सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अन्नपूर्ण म्याराथनको तयारी पूरा, विजेतालाई एक लाख ५० हजार

अन्नपूर्ण म्याराथनको तयारी पूरा, विजेतालाई एक लाख ५० हजार


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०८१, सोमबार

पोखरा/अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजनामा हुने अन्नपूर्ण म्याराथनको तयारी पूरा भएको छ । अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धधनका लागि सुरू गरिएको म्याराथनको विजेता महिला पुरुष दुबैले समान एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।
प्रतियोगिताको अन्तिम तयारी बारेमा जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष ललित गुरूङले तयारी पूरा भएको बताएका हुन् ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेका थिए । सोही दिनलाई सम्झदै अन्नपूर्ण आरोहण दिवसको दिनमा म्याराथन आयोजना गर्न लागेको अध्यक्ष गुरुङले बताए ।
२०७५ सालदेखि आयोजना गरिँदै आएको म्याराथन अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी) रहेको छ । म्याराथनका दुई संस्करण कोभिड–१९ का कारण गर्न नसकेको उनले बताए ।
अन्नपूर्ण आधारशिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आइ समापन हुने गरी म्याराथन रुट कायम गरिएको समितिका महासचिव दीलिप गुरूङले बताए ।
अन्नपूर्ण म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए, दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले, तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिला तर्फ गणना भण्डारीले जितेका थिए ।
महिला तथा पुरुष दुबैतर्फका दोश्रो र तेश्रो हुनेले क्रमशः १ लाख र ७५ हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्काको ब्यवस्था गरिएको छ । म्याराथनको महिलातर्फ १० धावक र पुरुषतर्फ चार विदेशीसहित ४० जनाले सहभागिताका लागि दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->