सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरा बक्सिङ : गण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन

पोखरा बक्सिङ : गण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८१, आइतबार

पोखरा/पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ सम्पन्न भएको छ ।
कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बक्सिङ रिङमा शुक्रबार अवेर सम्पन्न भएको हो । सम्पन्न प्रतियोगितामा पुरुषतर्फको ५१ केजि तौल समूहमा बागमती प्रदेशका लालप्रसाद उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णालीका लक्ष्मण राईलाई पराजित च्याम्पियन बनेका हुन् । महिलातर्फको ४८ केजी तौल समूहमा मधेश प्रदेशकी मनिषा राई प्रथम भइन् । उनले कोशी प्रदेशकी शिला राईलाई पराजित गरिन् ।
यस्तै पुरुष ५७ केजीमा लुम्बिनीका अनिल पुन मगरले गण्डकीका चन्द्र मगरलाई पराजित गरे । महिला ५० केजीमा बाग्मतीकी रमिसा श्रेष्ठले त्रिभूवन आर्मी क्लवकी लालुमाया खत्रीलाई पराजित गरिन् । पुरुष ६० केजीतर्फ सुदुरपश्चिमका रामबहादुर थापालाई पराजित गर्दै गण्डकीका शिव सिलवाल विजयी भए । महिला ५२ केजीमा सशस्त्र प्रहरीको एपीएपm क्लवकी सञ्जु थिङसँग गण्डकीकी सोनिया बरुवाल पराजित भईन् ।
पुरुषतर्फको ६३ केजी समुहमा गण्डकीका निश्चल गुरुङले सुदुरपश्चिमका महेन्द्र चन्दलाई पराजित गरे । महिलातर्फ ५७ केजीमा गण्डकीकी प्रियङ्का गुरुङ कोशीकी नारिका गुरुङसँग पराजित भइन् ।
त्यस्तै, पुरुष ६७ केजीतर्फ कर्णालीका प्रशांग सुब्बाले गण्डकीका आयुष तामाङलाई पराजित गरे । ७० केजी महिलातर्फ सशस्त्र प्रहरीको एपीएपm क्लवकी बिनिता थापा मगरले गण्डकीकी अस्मिता बस्नेतलाई पराजित गरिन् ।
७१ केजी पुरुषतर्फ गण्डकीका निशान गुरुङ सुदुरपश्चिमका भरत चन्दसँग पराजित भए । महिलातर्फ ७५ केजीमा कोशीकी शिला महर्जनले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरिन् । पुरुष ७५ केजी तौल समूहमा बाग्मतीका बिनिस राईलाई पराजित गर्दै गण्डकीका तार्जन घर्तीमगर विजयी भए ।
पुरुष ८० केजीतर्फ बागमतीका मनोज तामाङले गण्डकीका हेमकुमार गुरुङलाई र ८६ केजीमा गण्डकीका किरन वि.क.ले लुम्बिनीका प्रसन थापालाई पराजित गरे ।
प्रतियोगितामा विजेता बक्सरलाई नगद २० हजार र उपविजेताले नगद १० हजार ,प्रमाणपत्र र पदकद्वारा पुरस्कृत गरिएको कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकरी दिए ।
उत्कृष्ठ बक्सर गण्डकीका निश्चल गुरुङ र महिलातर्फ एपीएफकी विनिता थापामगर घोषित भए ।
बक्सिङ च्याम्पियनसिपमा महिला तर्फ १२ र पुरुष तर्फ १८ गरी ३० जना बक्सरले विभिन्न तौलमा भिडेका थिए ।
यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।
पोखरामा राष्ट्रियस्तरको च्याम्पियनसिप नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाहेक १७ वर्षपछि आयोजना भएको हो । यसअघि २०६४ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगिता पोखरामा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->