पोखरा/पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बन्दा गण्डकीले तेस्रो स्थान हासिल गरेको छ । पोखरा रंगशालामा दुई दिनसम्म चलेको प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ७ काश्य सहित बागमती च्याम्पियन बनेको हो । ६ स्वर्ण, ३ रजत र १० काश्य सहित लुम्बिनी दोस्रो तथा गण्डकी ५ स्वर्ण, ८ रजत र ७ काश्य जित्दै तेस्रो भयो । कर्णाली ५ स्वर्ण, दुई रजत र दुई काश्यसहित चौथो स्थानमा रहँदा कोशी एक स्वर्ण, ७ रजत, ८ काश्य, सुदूरपश्चिम एक स्वर्ण, दुई रजत र ५ काश्य र मधेश एक स्वर्ण, दुई रजत र एक काश्य पदकसहित क्रमशः पाँचौ, छैटौं र सातौं स्थानमा रह्यो ।
एथलेटिक्समा गण्डकीका अनुष्का र एन्जललाई २/२ स्वर्ण
एथलेटिक्सतर्फ गण्डकी प्रदेशको टिम ४ स्वर्णसहित च्याम्पियन बन्यो । गण्डकीले ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो । लुम्बिनी प्रदेश ३ स्वर्ण, २ रजत र ६ कास्य पदकसहित दोस्रो र ३ स्वर्ण २ रजत र १ कास्य पदक सहित कर्णाली तेस्रो भयो ।
मधेश, कोशी र सुदुरपश्चिम प्रदेशले भने सम्रगमा चौथो स्थान हासिल ग¥यो । तीनै प्रदेशले समान १ स्वर्ण, २ रजत र १ कास्य पदक हासिल ग¥यो । बागमती प्रदेश भने १ स्वर्ण १ रजत र २ कास्यसहित अन्तिममा रह्यो ।
एथलेटिक्समा च्याम्पियन बनाउन अनुस्का अधिकारी र एन्जल अधिकारीले महत्वपूर्ण योगदान दिए । अनुस्काले २ सय मिटर तथा एन्जल अधिकारीले १ सय मिटर दौडमा एक÷एक स्वर्ण हासिल गरे भने चार सय मिटर दौडमा उनीहरु सम्मिलित टिमले स्वर्ण जितेका हुन् ।
२ सय मिटर छात्र दौडमा गण्डकीका सुशान्त बोटेले २४.३३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जिते । लुम्बिनीका अभय रानाले २४.८० सेकेन्ड तथा तथा बागमतीका अजित ठाकुरले २५.१६ सेकेन्डमा दूरी पूरा गर्दै क्रमशः रजत र कास्य हासिल गरे ।
छात्रातर्फ पनि गण्डकीकी अनुष्का अधिकारीले २७.६२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्दा सुदुरपश्चिमकी रितु जोशीले २८.५४ सेकेन्ड र लुम्बिनीकी जमुना लोधले २९.४७ सेकेन्डमा दूरी पूरा गर्दै क्रमशः रजत र कास्य हासिल गरे ।
८ सय मिटर छात्र तर्फ बागमतीका सुनिल विकले २ मिनेट ९ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । कर्णालीका अनिल शाहीले २ मिनेट ११ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा लुम्बिनीका विशाल थारुले २ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरे । छात्रातर्फ २ मिनेट ३६ सेकेन्डमा दूरी पूरा गर्दै कर्णालीकी पुर्णिमा बुढाले स्वर्ण जितिन् । गण्डकीकी कञ्चन भण्डारीले २ मिनेट ४७ सेकेन्ड र मधेशकी आशा शाहले २ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै क्रमशः रजत र कास्य जितिन् ।
सटपुट छात्रतर्फ कोशीका छिरिङ शेर्पाले १०.५७ मिटर थ्रो गर्दै स्वर्ण जिते । गण्डकीका गणेश श्रेष्ठले ९.४० मिटर तथा लुम्बिनीका पारसबहादुर शाहीले ९.३६ मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक जिते । छात्रातर्फ लुम्बिनीकी सम्झना थारुले ८.३७ मिटर थ्रो गर्दै स्वर्ण जितिन् । कर्णालीकी उर्मिला राजीले ७.७३ मिटर र गण्डकीकी युना सारु मगरले ७.६० मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे । चार सय मिटर रिले छात्रा तर्फ गण्डकीको सुजता कुमाल, आरती विक, एन्जल अधिकारी र अनुष्का अधिकारी टोलीले कुल ५६.५९ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जित्यो । कोशी प्रदेशका सुस्मा निरौला, सिर्जना विश्वकर्मा, विनिशा रिजाल र निकिता एक्तेन लिम्बुको जोडीले ५७.११ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक हासिल ग¥यो । कर्णालीका रिना राना, उर्मिला राजी, हिरा बुढा र सरिता शाही ५७.८८ सेकेन्डमा दूरी पूरा गर्दै कास्य जिते । छात्रतर्फ लुम्बिनीका सुभम बमरेल, अभय राना, सुशान्त थारु र श्लोक हरिजनको टोलीले ४६.३२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक दिलाए ।
गण्डकीका इस्पीन पौडेल, अभिषेक धनेत, अंकित रानाभाट र सुशान बोटेको टोलीले ४७.२३ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक दिलाए । सुदुरपश्चिमका चित्रबहादुर केसी, बरुणदत्त राना, अभिषेक लुहार र खगेन्द्र रावतको टोलीले ४७.५५ सेकेन्डमा दूरी पूरा गर्दै कास्य जिते ।
टेबल टेनिसमा बागमतीलाई क्लिन स्विप
टेबल टेनिसमा बागमतीले क्लिन स्विप गरेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको हो । दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो । ३ रजत र २ कास्य पदक जितेको छ । बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए ।
बागमतीले कुल ५ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल गर्दै प्रथम स्थान हासिल गरेको हो । कोशीले २ रजत र २ कास्य पदक हासिल गर्दै दोस्रो र लुम्बिनी ४ कास्य पदकका साथ तेस्रो भयो ।
ब्याडमिन्टनमा गण्डकी तेस्रो
ब्याडमिन्टनमा बागमती टिम च्याम्पियन भएको छ । बागमती कुल ३ स्वर्ण र ३ कास्य पदकसहित टिम च्याम्पियन भएको हो । २ स्वर्ण सहित लुम्बिनी देस्रो र १ स्वर्ण, ४ रजत र २ कास्यसहित घरेलु टोली गण्डकी तेस्रो भयो ।
रग्वीमा कर्णालीलाई क्लिन स्विप
रग्वी सेभेन्समा कर्णालीले क्लिन स्विप गरेको छ । छात्र÷छात्रा दुबैतर्फ कर्णालीले स्वर्ण पदक हासिल गरेको हो ।
बास्केटबलमा गण्डकी दोस्रो
बास्केटबलतर्फ दुवै स्वर्ण पदक बागमतीले जितेको छ । छात्रतर्फ गण्डकीलाई ३७–३१ र छात्रातर्फ पनि गण्डकीलाई १३–८ ले पराजित गर्दै स्वर्ण पदक जितेको हो । फाइलनमा पराजित गण्डकीले दुई रजत पदक जितेको छ । छात्रतर्फ कोशी प्रदेश र छात्रातर्फ कर्णालीले रजत पदक जिते ।
बुद्धिचालमा लुम्बिनी र बागमतीलाई स्वर्ण
बुद्धिचालमा लुम्बिनी र बागमती प्रदेशले एकएक स्वर्ण पदक जितेका छन् । छात्रतर्फ लुम्बिनी र छात्रातर्फ बागमतीले समान समान एक स्वर्ण एक रजत जिते । दुवै काश्य पदक सुदूरपश्चिमले जित्न सफल भयो ।





