सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेश स्तरीय टि २० क्रिकेट : कास्कीको दोस्रो जित, बागलुङको दोस्रो हार

गण्डकी प्रदेश स्तरीय टि २० क्रिकेट : कास्कीको दोस्रो जित, बागलुङको दोस्रो हार


  • ढोरपाटन संवाददाता
  • असार २ २०८१, शनिबार

पोखरा/पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टि २० क्रिकेट प्रतियोगितामा कास्कीले लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा ७६ रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १० ओभरमा ३ विकेट गुमाउदै ७७ रन जोड्दा ७ विकेटको जित हासिल गरेको हो ।
कास्कीका लागि ओपनर अर्जुन कुमालले ३१ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३६ रनको उत्कृष्ट पारी खेल्दै नटआउट रहे ।
रोहित चन्दले ११ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रनमा नटआउट रहे । सोहिल कुवँर शून्य, किबरिन श्रेष्ठ १६ र आयुष सैन्जु १ रनमा आउट भए ।
म्याग्दीका लागि केशव साउदले २ विकेट लिए । आयुष खत्रीले १ विकेट लिए ।
त्यसअघि टस जितेर व्याटिङ थालेको म्याग्दिको सुरुवात राम्रो रहेन म्याग्दिले १८.५ ओभरमा ७५ रन जोड्दै अलआउट हुनपुग्यो ।
ओपनर विश्वास थापा ४ र अर्का ओपनर आकाश विक ५ रनमै आउट भए । केशव साउद सर्वाधिक १६ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । जस्मिन थापा ८, पुस्कर रिजाल २, विशाल आचार्य ४, आयुष रोका ५, हरि सुवेदी १, अशोक कार्की ७ र अजय छिनाल शून्य रनमा आउट भए ।
कास्कीका लागि कृष्ण पौडेलले सर्वाधिक ४ विकेट लिए । किबरिन श्रेष्ठ र विस्वास पराजुलीले २÷२ तथा विपिन खत्री र अदित्य थापाले १÷१ विकेट लिए ।
उता बागलुङले भने लगातार दोस्रो हार ब्यहोरेको छ । दोस्रो खेलमा १२४ रनको विजयी लक्ष्य पाएको तनहुँले १९.४ ओभरमा ८ विकेट गुमाउँदै १२४ रन जोड्दा २ विकेटको जित हासिल गरेको हो ।
तनहँुका समीर कँडेलले १५, दिपेश अधिकारीले ७, दिनेश बुढा मगरले १८, कृष ऐर ६, उत्सव श्रेष्ठ १, इशान श्रेष्ठ ३, सदित्य बन्जरा १९, चन्द्रकान्त पौडेल २२ रनमा आउट भए । सन्दिप पराजुली ३ र प्रदीप अर्याल ६ रनमा नटआउट रहे ।
बागलुङका लागि अश्विन थापाले २ तथा रुपेश थापा र संचार निउरेले समान १÷१ विकेट लिए ।
टस हारेर व्याटिङको निम्तो पाएको बागलुङले २० ओभरमा ९ विकेट गुमाउदै १२३ रनको योगफल तयार पारेको थियो । बागलुङका ओपनर अर्जुन रायमाझी १ र अर्का ओपनर किशान सुनार शून्यमै आउट भए । आरस तामाङले ३० बलमा ५ चौका १ छक्का प्रहार गर्दै सर्वाधिक ३५ रनको योगदान दिदै आउट भए । चन्द्रदीप यादवले २३ बलमा २ चौका २ छक्काको मद्दतमा २५ रन जोडे । विवेक नेपाली १७, अनिश जिसी २३, मुकेश ओझा १०, अश्विन थापा ३ र संचार निउरे १ रनमा आउट भए ।
तनहँुका लागि क्रीश ऐरले सर्वाधिक ३ विकेट लिए । चन्द्रकान्त पौडेलले २, प्रदीप अर्याल, एलिक श्रेष्ठ र दीनेश बुढा मगरले समान १÷१ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->