पोखरा/पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसइई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउँदै उपाधिसहित नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो ।
उपविजेता बनेको गोगन माविले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताका विजेतालाई मदरल्याण्ड माविका प्रिन्सिपल नारायण बराल, विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्यलगायतले पुरस्कार वितरण गरे । तीन दिनसम्म चलेको प्रयितोगितामा निजी र सामुदायिक विद्यालयबाट एसइई दिएका विद्यार्थीका ७२ टिमले भाग लिएका थिए ।





