पोखरा/हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न पहिलो खेलमा पोखरा १२ ले ६ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । उक्त खेलको म्यान अफ दी म्याच पोखरा ६ का बिष्णुबहादुर लामिछाने भए ।
त्यस्तै दोस्रो खेलमा पोखरा १३ ले ५ लाई पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको हो ।
पोखरा १३ ले ३–१ गोल अन्तरले पोखरा ५ लाई पराजित गर्दे विजयी भएको हो । खेलको ३२ औं मिनेटमा राजकुमार गुुरुङले पहिलो गोल गरे । साथै देभभक्त गुरुङले ४९ औं मिनेटमा दोस्रो गोल गरे त्यस्तै नरेन्द्रजंग गुरुङले ५३ औं मिनेटमा थप १ गोल गर्दै वडा न.१३ लाई ३ गोलको अग्रता दिलाए । वडा न ५ का अनिल राज कोइरालाल ५६ औ मिनेटमा १ गोल गरेका थिए । सो खेलमा पोखरा १३ का अमित परियार म्यान अफ दी म्याच घोषित भए ।
हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबारदेखि सुरु भएको अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार ११ र द्धितीय हुने टिमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।





