पोखरा/ हेमजा भेट्रान्स कपको शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर १३ ले १२ लाई ३–० गोल अन्तरले पराजित गदै उपाधि हात पारेको छ । खेलको ७ औं मिनेटमा नरेन्द्रजंग गुरुङले पहिलो गरे । राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा थप २ गोल गरेपछि वडा नम्बर १२ उपविजेतामा सीमित बनेको हो ।
विजेताले १ लाख ११ हजार ११ र उप–विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । वडा नं. १२ का नितेश क्षेष्ठ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै ५ हजार साथमा ट्रफी प्राप्त गरे । वडा न.१३ का राजकुमार गुरुङ सर्वाधिक गोलकर्ता, खमबहादुर गुरुङ उत्कृष्ट गोलरक्षक ,अमित परियार वेष्ट डिफेन्डर, विजयकुमार वेष्ट मिडफिलड, नरेन्द्रजगं गुरुङ बेष्ट फरवार्ड घोषित हँुदै प्रत्यक विधामा २ हजारबाट पुरस्कृत भए । प्रतियोगितामा पोखरा महानगरपालिका १३ वटा वडाका १४ टिमको सहभागिता रहेको थियो ।





