पोखरा/प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय टी२० महिला क्रिकेट सुरु भएको छ । पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा कास्की र स्याङजाले जित हासिल गरेका छन् ।
पहिलो खेलमा पर्वतलाई हराउँदै कास्कीले विजयी सुरुवात ग¥यो । एक सय रनको विजयी लक्ष्य दिएको पर्वतलाई १४.१ ओभरमा ५० रनमा अलआउट ग¥यो । पर्वतका कुनै पनि ब्याट्सम्यानले पाँच रनभन्दा माथि कटाउन सकेनन् ।
ओपनर सुशिला भट्टराई ३, रोजिना चापागाई २, एन्जल अधिकारी ५, कृषा अखेली १, प्रतिमा खड्का २ र जिविका अधिकारी २ रनमा आउट भएन भने, अनुषा पौडेल, रिदिमा पौडेल, पूजा विक र गरिमा केसी शून्यमै आउट भए ।
कास्कीका लागि पुर्णिमा गुरुङले ३ विकेट लिइन । चन्द्रमाया बरालले ३ ओभरमा १ मेडनसहित २ विकेट लिइन् । यशोदा भुजेल २, रचना चौधरी र सिम्रीका चौधरीले १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १५ ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनायो । कास्कीका लागि चन्द्रमाया बरालले १८ रनको अविजित इनिङ खेलिन् । उनले २२ बलमा २ चौका प्रहार गरिन् । रिया तामाङ ३ रनमा अविजित रहिन् । ओपनर सिर्जना पौडेल २१ रनमा आउट भइन् । उनले १८ बलमा १ चौका, १ छक्का प्रहार गरिन् । विनिता नेपाली १, सम्झना विक १३, रचना चौधरी ३ र विनिता सिग्देल १० रनमा आउन भइन् ।
पर्वतका लागि सुशिला भट्टराईले दुई तथा कृषा अखेल, विपाशा विक र जिविका अधिकारीले समान १÷१ विकेट लिए ।
दोस्रो खेलमा ३८ रनको विजयी लक्ष्य पछ्याएको स्याङजाले ५.२ ओभरमा १ विकेट गुमाउँदै ४० रन बनाउँदै जित हासिल ग¥यो । स्याङजाको लागि युनिशा सेनले सर्वाधिक २६ रनको योगदान दिदैँ आउन भइन् । उनले २६ बलमा १ चौका प्रहार गरिन् । ओपनर कुशुम गोदार ६ र ज्योतस्निका मरासिनी ४ रनमा अविजित रहिन् ।
नवलपुरको लागि पुजा लामिछानेले २ बलमा ४ रन खर्चेर १ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको नवलपुरले २० ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनायो । नवलपुरका लागि धनकुमारी क्षेत्री ९ रन अविजित रहिन् । पुर्णिमा विक ६ रनमा नटआउट रहिन् । ओपनर मनिका लामिछानेले ६, भूमिका महतो २, यमुना पगेनी शुन्य, पुजा लामिछाने ३, श्रेया शर्मा शुन्य र निकिता कुँवर २ रनमा आउट भइन् ।
स्याङजाका लागि सिमाना केसीले ३ ओभरमा २ मेडनसहित २ रन खर्चेर २ विकेट लिइन् । निरु जिटी र अपेक्षा बुढाथोकीले समान १–१ विकेट लिइन् ।





