आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोपा अमेरिकाको उपाधिले अर्जेन्टिनाले जित्यो

कोपा अमेरिकाको उपाधिले अर्जेन्टिनाले जित्यो


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०८१, सोमबार

बागलुङ/अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेट समय थप गरिएको थियो । अर्जेन्टिनालाई उपाधि दिलाउन लाउटारो मार्टिनेजले अतिरिक्त समयमा निर्णायक गोल गरे । मार्टिनेजले ११२ औं मिनेटम गोल गरेका थिए । मार्टिनेजले जियोवानी लो सेल्सोको पासमा गोल गरेका हुन् ।
यससंगै अर्जेन्टिनाले १६ औं पटक कोपा अमेरिका जित्यो । उरुग्वेले १५, ब्राजिलले नौ पटक जित्दा पाराग्वे र चिलीले दुई÷दुई पटक कोपा अमेरिकाको उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->