मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

आँधीखोलामा पौडी खेल्दा बेपत्ता पोखरेल अझै भेटिएनन्

आँधीखोलामा पौडी खेल्दा बेपत्ता पोखरेल अझै भेटिएनन्


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८१, शनिबार

स्याङजा / आँधीखोलामा शुक्रबार दिउँसो १ बजे पौडी खेल्ने गएका २३ वर्षीय शिव पोखरेलको अवस्था अझै अज्ञात रहेको छ।

हरिनास गाउँपालिका-५ वसन्त डाँडा घर भई हाल वालिङ नगरपालिका-८ विपी चोक नजिक डेरामा बस्ने पोखरेल आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उनी साथीहरूसँगै पौडी खेल्न गएका बताइएको छ। वालिङ-११ अमले स्थित आँधीखोलामा बेपत्ता भएका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक सुजनबाबु बिकको कमाण्डमा प्रहरीले खोजतलास जारी राखेको प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->