आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल हुने

हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल हुने


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८१, शनिबार
volleyball

पोखरा/पोखरा महानगरपालिका–६ हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हल्लनचोक स्पोर्टस् क्लबले यही भदौ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिताको विजेताले नगद ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उपविजेतालाई नगद २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने सचिव थापाले बताए ।
प्रतियोगितामा प्रदेशभन्दा माथिल्लो स्तरको खेलाडी टिममा १ जना मात्रै समावेश गर्न पाउने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा सहभागिता जनाउनका लागि ४ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->