
पोखरा/पोखरा महानगरपालिका ६ हल्लनचोक सम्पन्न ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगितामा आयोजक हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन बनेको छ ।
हल्लनचोक भलिबल कोर्टमा आज भएको फाइनल खेलमा युके लण्डन टिमलाई २१¬–१० र २१–१८ को सोझो सेटमा हराउँदै आयोजक टिम ‘ए’ च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेसँगै हल्लनचोक स्पोर्टस् क्लबले नगद ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै उपविजेता बनेको युके लण्डनले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पा¥यो ।
प्रतियोगिताबाट आयोजक टिमका सञ्जु विक्रम शाह सर्वाेत्कृष्ट खेलाडीका रुपमा जर्सीसहित पुरस्कृत भए । यस्तै उत्कृष्ट सर्भरमा सोही टिमकै देवेन्द्र परियार र उत्कृष्ट ब्लकरका रुपमा सञ्जोग परियार पुरस्कृत भए ।
यस्तै उत्कृष्ट सेटरमा युके लण्डनका विवश आलेमगर र सोही टिमकै रुपमा किसान गुरुङ उत्कृष्ट स्पाइकरका रुपमा पुरस्कृत भए ।
विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, आयोजक संस्थाका अध्यक्ष सुजन गुरुङ, आर्थिक सहयोगीदातालगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको प्रथम पुरस्कार हङकङ निवासी सिर थापा सारुमगर र द्वित्तीय पुरस्कार एवान गाउँशहर दोहोरी साँझले प्रायोजन गरेको थियो ।
हल्लनचोक स्पोर्टस् क्लबले गत १ गतेदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेको प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालक क्लबका सचिव अशोक थापामगरले गरेका थिए ।





