पोखरा/बाटुलेचौर तीज मेला बुधबारबाट सुरु भएको छ । वडा कार्यालय, पोखरा १६ को संरक्षकत्वमा स्थानीय बडहरवोट आमा समूहको आयोजनामा आयोजित मेलाको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे ।
मन्त्री थापाले उनले पोखराको बाटुलेचौर प्राचिन मेलास्थलको रुपमा रहेको वताउँदै, यसको संरक्षण विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्घता जनाए । कार्यक्रममा मन्त्री थापाले ह्याण्डवलका अन्तर्राष्टिय खेलाडी वाटुलेचौर निवासी विशाल बस्नेतलाई सम्मान गरे ।
मुल व्यवस्थापन समितिका संयोजक वडा सदस्य राजकुमारी वानियाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले तीज मेला बाटुलेचौरको पहिचान भएकाले यसलाई निरन्तरता दिन वडा कार्यालयले संरक्षकत्व ग्रहण गरेको बताए ।
मेलामा भाद्र ह्याण्डवल प्रतियोगिता, अन्तर विद्यालय लोकनृत्य र सांस्कृतिक कार्यक्रम साथमा सम्मान तथा गीतसमेत समावेश गरिएको प्रचारप्रसार उपसमितिका संयोजक संजय थापाले बताए ।
वडा कार्यालयले वडाभित्रका विद्यावारिधी गर्न सफल करिव २५ जना व्यक्तिलाई सम्मान र सामुदायिक विद्यालयतर्फ नेपालमै उत्कृष्ट भएको विन्ध्यवासिनी मावि र कास्कीमा उत्कृष्ट वनेको इन्द्रराज्य लक्ष्मी माविलाई सम्मान गर्ने तयारी समेत गरेको वडाध्यक्ष अमृत शर्माले जानकारी दिए ।





