आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दर्शकलाई निराश बनाएको गण्डकी भलिबल

दर्शकलाई निराश बनाएको गण्डकी भलिबल


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८१, शनिबार

पोखरा/नेपाली भलिबलमा चलेको नाम हो गण्डकी प्रदेशको पुरुष भलिबल । तत्कालिन विकास क्षेत्र हुँदा जसरी महिला भलिबलले देश खाएको थियो अहिले पुरुष भलिबलले खाइरहेको छ । अर्थात तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय भलिबल हुँदा महिलाको टिम निकै बलियो थियो । मञ्जु गुरुङ, सिपोरा गुरुङ, झरना गुरुङ लगायत हुँदा गण्डकीको टिम निकै बलियो थियो । त्यसरी नै अहिले गण्डकीको पुरुष भलिबल टिम छ । हरेक प्रतियोगितामा फाइलन सम्म पुग्ने गरेको उक्त टिमले यस पटक भने घरेलु दर्शकलाई निकै निराशा बनायो ।
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरामा लामाचौर कप भलिबल च्याम्पियनसिपको आयोजना भयो । च्याम्पियनसिपको सुरुवातमा महिलातर्फ गण्डकी प्रदेशको सहभागिता नरहने भनियो । पुरुषतर्फ गण्डकी नभए प्रतियोगिताको रौनक रहने कुरा नै भएन । पुरुषको सहभागिता रह्यो । तर, प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र पुलिस क्लबले सहभागिता नजनाएपछि गण्डकी प्रदेशले महिला टिम समेत तयार पा¥यो । महिला टिमले खुसी नदिएपनि पुरुष टिमले दिने सबैको आशा रहेपनि गण्डकीको पुरुष टिमले निकै कम्जोर प्रदर्शनी देखायो ।
गत वर्षको च्याम्पियन गण्डकीको च्याम्पियन बन्ने यात्रा लिग चरणमै रोकिएको थियो । राउन्ड रोविन लिगमा पुलिस र एपिएफ सँग सोझो सेटमा हारेको गण्डकीले प्रतिष्ठाको खेलमा गलकोटलाई ३–२ को सेटमा हरायो ।
एपिएफ र पुलिस उत्कृष्ट दुईमा रहँदै फाइनल प्रवेश गरेपछि गण्डकी र गलकोट तेस्रो स्थानका लागि भिडे । लिगचरणको अन्तिम खेलमा गण्डकीले गलकोटलाई ३–२ को सेटमा हराएपनि गण्डकीले तेस्रो स्थानको खेलमा ३–० को सोझो सेटको हार व्यहोर्यो । गलकोटले २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ५० हजार एक सय ११ रुपैयाँ प्राप्त ग¥यो । गण्डकीमा केही नयाँ अनुहार थिए ।
नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष यामबहादुर गुरुङले प्रतियोगिता हुनु अघि आयोजना गरेको पत्रकार सम्मेलनमा गण्डकी प्रदेशमा भलिबल संघ र प्रदेश खेलकुद परिषद बिच समन्वय नहुँदा भलिबले गति लिन नसकेको बताएका थिए । उनका अनुसार गण्डकी र कास्की जिल्ला भलिबल संघका अध्यक्ष छैनन् । उनीहरु विदेश छन् जसले गर्दा गण्डकीको महिला टिमको विकास हुन नसकेको उनको भनाई थियो । हुनपनि कुनै बेला देश खाएको महिला टोली अहिले नहुनु दुःखद् हो । उसो त राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुण शाहीको नेतृत्वमा कम्जोर भएपनि गण्डकीको टिम तयार हुन्थ्यो र अघिल्ला केही संस्करण खेलाइएको पनि थियो । तर, नतिजा आउन सकेन भलिबलकी लिजेन्ड अरुणाकै खेल खस्कने स्थिति बन्यो । यस पटक अरुणा एभरेष्ट भलिबल क्लबबाट खेल्ने तय थियो अन्तिममा उनी खेलिनन् । लामाचौरमा जारी प्रतियोगितामा यु १९ का खेलाडी सम्मिलित गरेर तयार पारेको टिमले राम्रै अनुभव बटुले अब यहि टिमलाई गण्डकीले अघि बढाएमा भविष्यमा राम्रो हुने एक खेलकर्मी बताउछन् ।

लामाचौर कप भलिबल : महिलातर्फको उपाधि एपिएफलाई
लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु डायमण्ड युुथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो ।
पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । एक समय डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि १६–९ बाट २०–९ को स्थितिमा पुुगेको थियो । त्यसपछि डायमण्डले २५–१३ को जित हासिल गर्दै खेलमा फर्कियो । चौथो सेटमा भने एपिएफले पुनः लय समात्दै २५–१० ले हराउँदै उपाधि चुमेको हो ।
यस अघि लिगचरणको अन्तिम खेलमा न्यु डायमण्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै तालिकाको शीर्षस्थानमा पुुगेको थियो ।
उपाधिसँगै एपिएफले नगद रु एक लाख ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता न्यु डायमण्डले एक लाख एक सय ११ रुपैयाँ हात पारेको छ । डायमण्ड गतवर्षको समेत उपविजेता हो ।
प्रतियोगितामा एभरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो हुँदै एभरेष्टले ५० हजार एक सय ११ रुपैयाँ हात पारेको छ । एभरेष्टले २५–१५, २५–२१ र २५–१७ ले हराएको थियो ।
भदौ १९ गतेदेखी चलेको प्रतियोगिताको महिलातर्फ ४ र पुरुषतर्फ ४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको थियो । लिगका दुुइ शिर्षटिम फाइनलमा प्रवेश गरेको थियो । गतवर्ष महिलातर्फ पुलिस र पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको थियो ।

पुरुषतर्फको फाइनल खेल स्थगित
उता पुरुषतर्फ एपिएफ र पुलिसतर्फको फाइनल खेल भने रोकिएको छ । दुइ सेट सकिएपछि प्रकाश अभाव (लाइट प्रोटेस्ट) भएपछि खेल रोकिएको हो ।
फाइनलमा पहिलो सेट २५–२० ले एपिएफले जितेपनि दोस्रो सेटमा २५–२७ ले पछि परेको थियो । दुवै टिमले १–१ सेट जितेका थिए । तर, लाइट प्रोटेस्टका कारण खेल रोकिएको हो । यस अघि यी दुई क्लबबीच लिग चरणको अन्तिम खेलमा समेत लाइट प्रोटेस्टकै कारण खेल रोकिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->