शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विक्रम र सिमाले दर्शकलाई नचाए

विक्रम र सिमाले दर्शकलाई नचाए


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८१, आइतबार

स्याङ्जा/गरिब तथा विपन्न सहयोगार्थ दलित उत्थान केन्द्र अर्जुनचौपारीले आयोजना गरेको दोस्रो रमाइलो तीज मेलामा गायक बिक्रम परियारले दर्शकलाई नचाएरका छन् ।
हरितालिका तीजको अवसरमा आयोजित मेलामा परियारले मायाले नबोल रुखोँ, चौतारीको वर, बाँचेको छु धन्न, पर्खिम अझै कति लगायतका गीतले दर्शलाई नचाए ।
यस्तै बिक्रमसँगै गायिका सिमा नेपालीले बिछोड हुनलाई, झिलझिल सितारा, पिरती बुनेसी, मै छोरीलाई गाह्रो भो लगायतका गितमा सयौँ संख्यामा उपस्थित दर्शकलाई नचाएर भरपुर मनोरञ्जन प्रदान गरे ।
अर्जुनचौपारी खेल मैदानमा आयोजित रमाइलो मेलामा स्थानीय कलाकार गायक लक्ष्मण चापागाईं, दीर्घनारायण अधिकारी, राजु अधिकारी र नृत्यांगना सगुन थापाको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिएको थियो । कलाकारको गीतमा कार्यक्रममा सहभागीहरु कम्मर मच्काएर नाचेका थिए ।
त्यस्तै, कार्यक्रममा स्थानीय आमा समूहको तीज गित प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, घैँटो फुटाउने तथा भाले छोप्ने प्रतिस्पर्धा समेत गरिएको थियो । प्रतिस्पर्धामा विजयीलाई गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->