आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पलेशालाई ६५ लाख नगदसहित सरकारले गर्‍यो सम्मान

पलेशालाई ६५ लाख नगदसहित सरकारले गर्‍यो सम्मान


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८१, शुक्रबार

काठमाडौं / सरकारले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सरकारले ६५ लाख नगदसहित सम्मान गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा आयोजित एक कार्यक्रमकाबीच पलेशालाई सम्मान गरिएको हो।

त्यस्तै, खेल प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टीम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता गोवर्द्धनसहित प्रशिक्षकहरूलाई नगद र प्रशंसापत्रसहित सम्मान गरे।

राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रदान गरिएको यो पुरस्कारमा लाग्ने कर छुट गरिने निर्णय यसअघि मन्त्रिपरिषद्ले गरेको थियो। पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->