बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको छैटो दिन मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।
६ टिमको सहभागीता रहेको खेलमा लियो क्लव अफ कालीगण्डकी विजेता बनेको छ । क्लवले लियो क्लव अफ धौलागिरीलाई फाइनलमा पराजित गर्दै विजेता बनेको हो । विजेता लियो कालीगण्डकीलाई ट्रफि र प्रमाणपत्र पदान गरिएको थियो ।
खेलमा पत्रकार महासंघ बागलुङ, जेसीज, बैङ्कर्स बागलुङ, रोट्रयाक्ट क्लव अफ बागलुङ, लियो क्लव अफ धौलागिरी र लियो क्लव अफ कालीगण्डकीको सहभागिता थियो ।
प्रतियोगिताको उद्घाटनमा बोल्दै जिल्ला फुटवल संघका अध्यक्ष एवम् बागलुङ जेसीजका पूर्व अध्यक्ष जय राजभण्डारीले रचनात्मक कार्यक्रमका साथ संचालन भएको सप्ताहमा फुटसल खेल आयोजना गरेर जेसीजले खेलक्षेत्रको विकासमा योगदान गरेको बताए ।
कार्यक्रम बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र सहसचिव तथा कार्यक्रम संयोजक शुलभ खड्काको संचालनमा सम्पन्न भएको थियो ।





