आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युु १९ क्रिकेट : किरण चम्किँदा स्याङ्जा ९३ रनले विजयी

युु १९ क्रिकेट : किरण चम्किँदा स्याङ्जा ९३ रनले विजयी


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०८१, शुक्रबार

पोखरा/पोखरा गण्डकी प्रदेश वाई वाई यु–१९ छनोट क्रिकेट प्रतियोगितामा किरण भट्टराईको अति उत्कृष्ट प्रदर्शनीले स्याङजा ९३ रनले विजयी भएको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह बि तर्फको पहिलो खेलमा स्याङजाका किरणले ब्याटिङ बलिङ दुवैमा उत्कृष्ट प्रदर्शनी गरेपछि बागलुुङलाई ९३ रनले हराएको हो । टस हारेर ब्याटिङ थालेको स्याङजा ४२.१ ओभरमा अलआउट हुँदै एक सय ६० रन बनाएको थियो । स्याङजाका लागि किरण भट्टराईले सार्वधिक ४९ रन जोड्दै आउट भए । उनले ६४ बलमा ७ चौका प्रहार गरे । जारी प्रतियोगितामा एक खेलाडीले बनाएको यो नै सबैभन्दा ठुलो रन र चौका हो । यस्तै उनले सर्वाधिक ६ विकेट समेत लिदैँ खेलको म्यान अफ दि म्याच समेत घोषित भए । यस्तै करण पंगेनीले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडे । जारी प्रतियोगितामा छक्का हान्ने उनी पहिलो खेलाडी हुन् ।
यस्तै ओपनर अनिश ताम्राकार ९, भुवन भट्टराई ५, विजयराज लुुइटेल ३, विपिन राज न्यौपाने २१, लक्ष्मण प्रसाद डुुम्रे ७ र प्रकाश खनाल ३ रनमा आउट भए भने कृष्ण खड्का र सुजन गौतम शुन्यमै आउट भए ।
बागलुुङका लागि अस्विन थापाले १० ओभरमा ३९ रन खर्चदै ४ सर्वाधिक ४ विकेट लिए । रुपेश थापा, पुस्कल रिजाल र दिपेश कुवरले समान २–२ विकेट लिए ।
१६१ रनको विजयी लक्ष्य पाएको बागलुुङ २०.५ ओभरमा ६७ रनमै अलआउट हुन पुुग्यो । ओपनर चन्द्रदिप यादवले २३ रन बनाए । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । जारी खेलमा छक्का प्रहार गर्ने उनी दोस्रो खेलाडी हुन् । पुुस्कर रिजाल ८, आर्या प्रसिद्ध नेपाल ४, अस्विन थापा १७ रनमा आउट भए भने, दिपेश कुुवर, सन्दिप कँडेल,साहिल रुमार स्वर, रुपेश थापा, आयुष पुर्जा र रोनित कडेल शुन्यमै पेभिलियन फर्किए ।
स्याङजाका लागि किरण भट्टराईले ७ ओभरमा १४ रन खर्चदै सर्वाधिक ६ विकेट लिए । प्रकाश खनालले १.५ ओभरमा १० रन खर्चदै २ विकेट लिए भने, लक्ष्मण प्रसादले ५ ओभरमा २ मेडनसहित १ र विपिन राज न्यौपानेले ५ ओभरमा १ मेडनसहित १ विकेट लिए ।
समुुह ए तर्फ भने कास्की फाइनलमा प्रवेश गरिसकेको छ । बुुधबार वर्षाको कारण तनहुँ र कास्की बिचको खेल नभएपछि रन रेटको आधारमा कास्की समुह विजेता बन्दै फाइनलमा प्रवेश गरेको हो ।
कास्की र तनहुँको समान २–२ अंक रहेको थियो । कास्कीले पर्वतलाई ८ विकेटले हराउँदा तनहुँले भने पर्वतलाई ९ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->