रामेछापको मन्थली नगरपालिका-५ सुनारपानीका वीरबहादुर शाहीको बारीका पाटाहरूमा ड्राइगन फ्रुट र ढकमक्क फुलेको सयपत्री फूल । २८ वर्षदेखि नर्सरी व्यवसायमा गरीरहेका उनले गाउँमा कृषि कर्ममा लागेको २ वर्ष भएको छ । यो अवधिसम्म कृषी कर्ममा ६० लाख रुपियाँभन्दा बढी लगानी भएको शाहीले बताए । उनले भने ‘गाउँमा कृषि फर्म सुरुवात गरेको २ वर्ष भयो । यो अवधिसम्म ६० लाख रुपियाँभन्दा बढी लगानी भइसकेको छ । यो वर्ष फूल उत्पादन राम्रो भयो । बजार पनि राम्रै पाइयो । ड्राइगन फ्रुट पनि सोचेभन्दा राम्रो फल्यो ।’





