बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अर्कोसाल यस्तो लेख्न नपरोस् !

अर्कोसाल यस्तो लेख्न नपरोस् !


  • कृष्णराज शर्मा
  • चैत्र ३१ २०८१, आइतबार

अहिलेका सत्तासिनहरुले अचेल राजा ज्ञानेन्द्रलाई जति गालि कसैलाई गर्दैनन् । उनीहरुलाई राजाको र पनि मन पर्दैन । राजाको फोटो देखे पनि यिनलाई भाउन्न भएर आउँदो छ । अनि भाउन्निएर बर्बराउँदै राजालाई तथानाम गाली गर्छन् । अझ प्रधानमन्त्री भैसकेका र भैरहेकाहरुको गाली गज्जबका लाग्छन् ! यिनको नाम लिन पनि मन लाग्दैन,सालाहरुको ! तर के गर्ने,नेपालका प्रम भएका त हुन्,नाम त लिनै पर्यो ! नाम पनि कस्ता छन् – माकुने प्रचण्ड रियाले,बाबुराम खड्के र झले ! यि नामधारीले राजालाई निकै गाली गर्छन् अचेल । सालाहरु !

हुन त,यि जाबा झिंगाले सरापेर डिंगालाई के फरक पर्थ्यो र ! कति सराप्छौ सराप तर तिम्रो सरापले डिंगो कहिल्यै मर्नेछैन । नाच्न नजान्ने आँगन टेढो ! देशमा तीस बर्षदेखि नचरी लाएकै त थियौ,के भयो अहिले ? के भैरहेको छ तिम्रो आँगनमा थाहा छ ? नाचीरहेको उही आँगनलाई ( देश ) किन टेढो देख्न थाल्यौ ? तिम्रा डरलाग्दा भ्रष्टाचार र अपराधले तिम्रा खुट्टा बाङ्गा भएकी आँगन टेढो भो ! अब के गर्छौ ठिटा हो,हुने भैसक्यो ! राजालाई गाली गरेर अब के हुन्छ ? माफी… ! ई … हुन्छ अब !

अब तिमिहरुले राजालाई गाली गरेर तिम्रा अक्षम्य अपराधहरुबाट उन्मुक्ति पाउँला भन्ने अझै लागेको होला ? तर असंभव ! उस्तै परे,नेपाली जनताले तिमोरलाई श्रीलंका र बंगलादेशका जनताले जस्तै तिम्रो छाला काढ्न बेर लाउने छैनन् । आँफुले गरेका दुष्कर्म कहिल्यै पछाडी फर्केर हेर्यौ ? तिम्रा दुष्कर्म भ्रष्टाचार र अपराधबाट मुक्ति पाउने त अब उही ‘भाञ्जी’कै हो बुझ्यौ ? धेरै उम्लेपछि भुईंभरी पोखिन्छ ! भूईंमा पोखिनु भनेको सिद्धिनु हो ! त्यसैले घरिघरि राजालाई गाली गरेर आफ्नो आयु किन छोट्याउँछौ ? जाँ… ,मु …हरु !

तिम्रा अपराधहरुले तिमिलाई नै पिछा गरिरहेको छन । थाहा छ कि छैन ? तिम्रा दुष्कर्मले आज देश युवा बिहिन बनेको छ । थाहा छ कि छैन ? तिम्रा पार्टी भित्रका बलियाले मज्जाले घिचेको छन्,निर्बलियो र सोझो हेर्दाहेर्दै भोकभोकै मरेको छ ।

पार्टी झण्डा नबोक्ने सर्वसाधारणले खेप्नुपरेको पिडा कहिल्यै बुझ्यौ ? ति नेपाली जनता होईनन् ? महंगीको मारमा मरिमरि पढ्यो,देशमा जागीर छैन ! के गर्ने ? ऋणधन गरेर सानो उद्यम थाल्यो,सरकारी नीतिले साथ दिंदैन । सानोतिनो व्यवशाय थाल्यो,मेयरले हत्तपत्त कर उठाउन उसका सिपाहि पठाउँछ ! परारतिरको घटना होईन बानेश्वर संसद भवन अगाडी एक होनहार युवाले ऋणको बोझ थाम्न नसकेर आफ्नो शरिरमा पेट्रोल खन्याएर दिनदहाडै आत्मदाह गरेको ?! बिर्स्यौ पापीहरु ? बाँच्न पनि नपाईने कस्तो बनायौ देशलाई ! अब राजालाई गाली गरेर के हुन्छ ? जे जे गर्नु त गरिसक्यौ !

राजा ज्ञानेन्द्रले तिमिहरुको माग पुरा गरिदिंदै संसद पुनर्स्थापना भएको होईन । ०५६ सालको पाँचबर्षे अबधिका लागि निर्वाचित साँसद उहि चुनावको आधारमा आठबर्ष पछि पुन: सांसद भएको ख्याल होलानी ! संसारको इतिहासमा अन्त कतै भएको छ यस्तो गाईजात्रा ? कुन र कहाँको संविधान मान्ने संविधावादी हौ तिमिहरु भन्ने नेपाली जनता जानकार छैनन र ! ?

संसदलाई खसिको टाउको देखाएर कुकुरको मासुबेच्ने पसल ( पापको घडा ) हो भन्नेहरु त्यहि पापी संसदमा ८३ जना जंगलीहरुलाई के खान हुलेका थियौ ? उपरोक्त सबै ऐश आराम लुटपाट उनै राजा ज्ञानेन्द्रको प्रतापले मिलेको होईन र ? नत्र घिच्थ्यौ ! तिनै प्रतापी राजालाई आज तिमिहरुले तथानाम गालीगलौज र दुत्कार गर्न यत्तिपनि शरम लाग्दैन ? जुन थालीमा हसुर्यौ उही थालीलाई कोपरा बनाउने होईनौ तिमिहरु ? तर तिम्रा यस्ता क्षुद्र र निकृष्ठ गाली र बेहोराले राजाको कद घट्दैन झन् शीखरमा पुग्छ,बुझ्यौ ! सालाहरु !

निरंकुश भनिने पंचायत व्यवस्थाका प्रधानमन्त्री त के सहायक मन्त्रीले पनि पंचायत व्यवस्थाको विरुद्ध लागेका आन्दोलनकारी बहुदलवादी नेताहरुलाई आफ्नो भाषणमा आफ्नै वजन घट्नेगरि त्यस्तो भाषाशैली कहिल्यै प्रयोग गरेनन् ।

अहिलेकाले जस्तो निम्नकोटीको र निकृष्ठ भाषा कहिल्यै प्रयोग गरेनन् । त्यतिबेला मैले सुनेको पंचायती शासकहरुले अत्यधिक प्रयोगगर्ने एउटा वाक्यांश थियो – ‘मुट्ठीभरका केहि अराष्ट्रिय तत्व’ ! बिरोधिलाई पनि सभ्य भाषामा बिरोध गर्दा उसकै उचाई बढ्ने हो । अहिले जस्तो बाँदर कुकुर स्याल भनेनन् । बरु बाघको छाला ( भारतको ) ओढेका ब्वाँसाहरु भन्दै साँकेतिक झटारो हान्थे । अहिलेका जस्ता डर छेरुवाहरु पञ्चहरु रहेनछन् । अहिले त यो व्यवस्था ढल्ने छाँट बुझेपछि आफ्ना अपराधहरुको सँजाए के के भुगत्न पर्ने हो भन्ने डरले राजालाई तारो बनाएका छन् । तर ढिला भैसक्यो केटा हो !

पंचहरुले सभ्यभाषामा ,’अराष्ट्रिय तत्व’ भन्दिएर अहिले मजाले देशलुट्ने अबसर पायौ । पंचहरुले भनेजस्तै राष्ट्रघाती र अराष्ट्रिय गतिविधिमा संलग्न विदेशी दलालै रहेछन भन्ने त यतिखेर दिउँसोको घामझै छर्लङ्गिंदै गएको छैन र ! अहिले यसो बुझ्दा यस्तो लाग्छ,पंचहरुले ठिकै भनेका रहेछन् – यि अराष्ट्रिय तत्व नै हुन् ! कुनैदिन भन्थ्यो भन्नु होला,यिनको हातमा अबका केहिबर्ष देश रहिरह्यो भने हण्ड्रेड पर्सेण्ट ‘देश’ टुक्र्याएरै छोड्नेछन् । ‘राष्ट्र’ त टुक्राटुक्रामा विभक्त भै सकेको उहिल्यै हो ।

राष्ट्रिय एकताको आधार कतै देखिंदैन । विविधतामा एकता नेपाली समाजको विशेषता थियो । धार्मिक सहिष्णुता र जातीय सद्भाव सितिमिति खलबलिने हाम्रो समाज छैन र धन्न केहि भएको छैन ! नत्र आज के भै सक्थ्यो ! यसो हुनुमा पनि राजाको उपस्थिति भएकैले हो । राष्ट्रिय एकताको आधार भनेकै शाहवंशीय राजाहरु नै हुन । उनै राजालाई मेलमिलाप गरेर स्थापित गरौं । यसोगर्दा के फरक पर्छ,अझ उल्टै राजालाई गाली !

मलाई हाम्रा देशका नेताहरुको गति र मति देखेर धेरै पहिलादेखि रिस उठेको हो । ज्ञानशून्य र अविवेकी समाजमा रिसाउनेहरु एक्लो हुन्छन् । एक्लाले सबै बदल्न सक्दैन । खासमा झापाका दुईटा बाँदरमुखेहरुको राजाकाप्रतिको अभिव्यक्ति सुनेर मनमा थामी नसक्नु भएर आज यो सानो कुरा लेखेकै हुँ । आज यो सालको अन्तिम दिन पनि हो । लेखि त सकें । अब आशा गर्छु,अर्को सालदेखि रिस उठ्नेकुरा कहिल्यै सुन्न नपरोस !

त्यसोत, यो सालमा मेरी जीवनसंगीनी प्राणप्यारी भगवतीलाई गुमाएदेखि मेरो व्यक्तिगत जीवनमा कहिल्यै उमंग पलाएको छैन । म उसै दु:खि छु । यो दुखद परिवेष हुँदाहुदै आफ्नो आस्था बलियो भएर अगाडी बढिरहेको अवस्थामा सुन्न र देख्नमा आएका असभ्य हर्कतले हिंजो ममा भएको आक्रोशले समरमाथामा चढाईं गर्यो । जुन यहाँ पोखेर शान्त भएको छु ।

अन्तमा,आउँदो सालमा मलाई मात्र होईन मेरा दाज्युभाइ दिदीबहिनी ईष्टमित्र साथीभाइ तथा देशविेदेशमा रहने सारा नेपाली दाज्युभाई दिदीबहिनीहरुमा सुख शान्ति र संमृद्धि हासिल हुन सकोस् ! नयाँ सालले देशमा सबै मिलिजुलि हार्दिकता पुर्वक जीउन पाउने नयाँ व्यवस्थाको उदय होस् भन्ने कामनाकासाथ यहाँहरुकै ‘म’ ! धन्यवाद !!!

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->