आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रथम एसईई कप फुटसलको उपाधि बेनीको पोल्टामा

प्रथम एसईई कप फुटसलको उपाधि बेनीको पोल्टामा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८२, शनिबार

बागलुङ/चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र चिल्ड्रेन लाइफ स्पोर्ट क्लबद्वारा आयोजित प्रथम एसईई कप फुटसल प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको छ । खेलको उपाधि बेनी सामुदायिक बिद्यालयले जितेको छ ।

शनिबार रसआवर फुटसल मैदानमा भएको फाइनल खेलमा ट्राइबेकरमा बेनीले आयोजक चिल्ड्रेन लाइफलाई पराजित गरेको हो । निर्धारित समयमा ५÷५ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा चिल्ड्रेनविरुद्व बेनीले २–३ गोल गर्न सफल भएपछि उपाधि हात पारेको हो ।

खेल जितेको बेनीले १५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । चिल्ड्रेन लाइफले ८ हजार रुपैयाँमा चित्त बुझायो । फाइनल प्रवेशका लागि चिल्ड्रेनले रुद्रे पिपल मावि र बेनीले आदर्श विद्यामन्दिरलाई पराजित गरेको थियो ।

खेलमा सर्वाधिक गोलकर्ता चिल्ड्रेनका निसान बुढामगर घोषित भए । १० टिमले भाग जनाएको दुइ दिनसम्म चलेको प्रतियोगितामा बुढामगरले सर्वाधिक १० गोल गरेका थिए । सर्वोकृष्ट खेलाडी बेनीका अनिल बुढा र उत्कृष्ट गोलकिपर पनि बेनीकै सन्दिप केसी घोषित भए । क्लबले हरेक वर्ष एसईई दिएका विद्यार्थी माझ यस्तै प्रकृतिको खेल खेलाउने भएको संरक्षक नवराज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->